नवलपरासी– व्यावसायिक रूपमा उत्पादन हुने सागसब्जीमा विषादीको मात्रा देखिएपछि कृषि विकास कार्यालय नवलपुरले कृषकहरूलाई विषादी न्यूनीकरणसम्बन्धी सचेतना अभियान थालेको छ । कृषि विकास कार्यालय, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कावासोती र स्थानीय तहको संयुक्त पहलमा व्यावसायिक रूपमा सागसब्जी उत्पादन गर्ने किसानलाई विषादी प्रयोगसम्बन्धी सचेतना प्रदान गर्ने उद्देश्यले अभियान थालिएको कृषि विकास कार्यालय नवलपुरका प्रमुख […]