राधी विद्युत कम्पनीले हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगको स्वीकृती पाएको छ। आयोगले कम्पनीलाई ६९.८९ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.६९८९ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८३ करोड ८९ लाख ७९ हजार ३१६ रुपैयाँ १९ पैसा रहेको छ।