कर्णाली याक्सलाई नेबिकोको सह प्रायोजन - हाम्रो खेलकुद

काठमाडौ (हाम्रो खेलकुद)- कर्णाली याक्सलाईनेबिको लिमिटेडले सह प्रायोजन गरेको छ । याक एण्ड यति होटलमा आज आयोजित कार्यक्रममा कर्णाली याक्स स्पोर्ट्स प्रा.लि.का निर्देशक गृहेन्द्र घिमिरे र नेबिकोका अशोक पोखरेल सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता कार्यक्रमा नेबिकोका सिइओ होम न्यौपाने र मार्केटिङ हेड अरुन पौडेल तथा कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत उपस्थित थिए ।