पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ‘किसुनजी’को १०२औँ जन्मजयन्ती यस वर्ष विगतझैँ उल्लासपूर्ण वातावरणमा मनाउन सकिएन। ललितपुरको बाँडेगाउँस्थित किसुनजी आश्रम जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि भग्नावशेषमा परिणत भएकाले जन्मजयन्ती र स्मृति दिवस शान्त र सुनसान अवस्थामा बित्यो। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आश्रममा आक्रमण हुँदा संरचना ध्वस्त भएको थियो। त्यसयता आश्रममा […]