नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज

काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ । दिउँसो १ बजे कार्की ब्यांक्वेटमा बस्नेगरी बैठक बोलाइएको छ । अध्यक्ष केपी शर्मा ओलीसहित सिङ्गो पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ विहीबार नै भइसकेको छ। एमालेको ११औँ महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरिसकेको छ ।