बार्सिलोनाविरुद्ध पहिलो हाफमा रियल म्याड्रिडको अग्रता

काठमाडौं – स्पेनको चर्चित ‘एल क्लासिको’मा रियल म्याड्रिडले पहिलो हाफ सकिँदासम्म बार्सिलोनामाथि २–१ को अग्रता बनाएको छ। स्यान्टियागो बेर्नाबेउमा जारी खेलमा दुई टिमबीचको प्रतिस्पर्धा सुरुदेखि नै रोमाञ्चक बनेको छ। खेलको २२औं मिनेटमा रियलका स्टार फरवार्ड केलियन एम्बाप्पेले उत्कृष्ट फिनिसिङ गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। त्यसपछि बार्सिलोनाले खेलमा फर्कने प्रयासलाई सफल बनाउँदै ३८औं मिनेटमा फर्मिन लोपेजले […]