नेपाल ट्रस्टको जग्गा भाडामा अनियमितता: सवा पाँच अर्ब बिगोसहित तीनजनाविरुद्ध मुद्दा

दरबारमार्गमा रहेको नेपाल ट्रस्टको जग्गा लिजमा लगाउँदा अनियमितता भएको आरोपमा नेपाल सरकारका पूर्वसचिवसहित तीनजनाविरुद्ध सवा पाँच अर्बको भ्रष्टाचार मुद्दा दायर भएको छ।