काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जोहानस जुटबीच सोमबार अमेरिकामा भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा विश्वबैंकको सहयोगमा सञ्चालित कार्यक्रमका विषयमा छलफलका साथै आगामी दिनमा हुनसक्ने सहकार्य र साझेदारीको विषयमा कुराकानी भएको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ। भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधिहरु, मन्त्री खनालका भ्रमणदलका सदस्य, विश्व बैंकको […]