मकालु बेस क्याम्पमा एक पर्यटकको मृत्यु

ईन्द्र गिरी संखुवासभा । संखुवासभाको मकालु बेस क्याम्प घुम्न आएका एक पर्यटकको मृत्यु भएको छ ।मृत्यु हुनेमा दोलखा जिल्ला मेलुङ गाउँपालिका-७ घर भएका ४३ वर्षीय अरुण कार्की रहेको प्रहरीले जानकारी दिएको छ। संखुवासभाको मकालु बेस क्याम्प पुगेका मृतक कार्कीको एक्कासि स्वास्थ्यमा समस्या आएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई लेक लागेर […]