मुद्रास्फिति ५ प्रतिशतमा राखिने : मौद्रिक नीति

काठमाडौं– आगामी आर्थिक वर्षमा मुद्रास्फिति ५ प्रतिशतमा कायम राख्ने मौद्रिक नीतिले लक्ष्य राखेको छ ।  शुक्रबार आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति जारी गर्दै गभर्नर डा. विश्वनाथ पाैडेलले सो बताएका हुन् । साथै उनले आगामी आर्थिक वर्षमा मुद्रा प्रदाय वृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रमा जाने पुँजी १२ प्रतिशत वृद्धि हुने लक्ष्य राखिएको बताए ।