अछाममा जंगली जनावरबाट किसानलाई बाली जोगाउनै मुस्किल, भोकमरीले मरिने डरमा किसान

काठमाडौं, ५ भाद्र। अछाममा जङ्गली बँदेलको आतंकबाट किसानले दुःख पाइरहेका छन्। बँदेलले मकै, धानबाली नष्ट गर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन्। जिल्लाका अधिकांश ठाउँमा किसानले लगाएको धान, कोदो, मकैबाली जोगाउन मुस्किल परेको छ। राति घर बाहिर पहरा दिएर बस्दा पनि धान, मकैबाली जोगाउन नसकेको किसान बताउँछन्। यस्तो अवस्थापछि अहिले किसानहरु भोकमरीले मरिन्छकि भन्ने चिन्ता भइरहेको किसान सुनाउँछन्।

सम्बन्धित सामग्री

जंगली जनावरले बालीनाली सखाप, सकसमा किसान

सल्यान : सल्यानमा जंगली जनावरले बालीनाली सखाप पार्न थालेपछि किसान मर्कामा परेका छन्। जंगली जनावर बँदेल, बाँदर र दुम्सीले बालीनाली सखाप पार्न थालेका हुन्।जिल्लाका अधिकांश किसान यतिबेला एकाबिहानै बारीको छेउछाउमा देखिन्छन्। बिहान उठेर घरगोठको काम नसक्दै किसान बारीमा पुग्नु पर्ने बाध्यता रहेको र बिहानै बारीमा नपुगे पाक्ने बेलाको बाली नरहने कुमाख गाउँपालिका-३ रातपहराका शिवबहादुर केसीले बताए।उनले भने‚ ‘गाउँका सबै मिलेर राति पनि बारीमा बस्छौं। समूहमा आउने बँदेललाई एकातिरबाट धपायो

कोशीटप्पुबाट आएका अर्नाले गहुँ बाली नष्ट गरे

सप्तरीको पूर्वी र उत्तरी क्षेत्रमा जंगली जनावर अर्नाले वर्षैनी गहुँबाली नष्ट गर्ने गर्छन् । यस वर्ष पनि हलक्कै बढ्न लागेको गहुँबाली चरेर नष्ट गरेको किसानको गुनासो छ । पछिल्लो समय सप्तरीको कञ्चनरुप नगरपालिकाको ७ र ४ मा कोशिटप्पु वन्यजन्तु आरक्षबाट दिनहुँ आउने अर्नाले खेतमा लगाएको गहुँबालीमा क्षति गरेको किसान विजय चौधरीले बताउनुभयो । चौधरीकाअनुसार एक विघाभन्दा बढी खेतमा लगाइएको गहुँबाली अर्नाले खाएका छन् । टप्पुबाट रातिको समयमा आउने अर्ना र हात्तीले यहाँका किसानले लगाएको बालि नष्ट गर्नेगरेका छन् ।

अन्नबाली जोगाउनै मुस्किल

बन्गाडकुपिण्डे नगरपालिकाको अम्रा, घाटगाउँ, बस्नेउरा, मान्टुरा, आमखोली, च्युरालगायत गाउँका किसानलाई बाली जोगाउन मुस्किल भएको छ । जंगली जनावर र छाडा चौपायाले अन्नबाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

जंगली जनावरको आतंक, बाली जोगाउन तारजाली

सर्लाही : सर्लाहीको आधा दर्जन स्थानीय तहका किसानले लगाएको बाली जंगली जनावरले नष्ट गर्दै आएको छ। लालबन्दी, ईश्वरपुर, हरिवन, हरिपुर, बरहथवा, बागमती नगरपालिकाका किसान जंगली जनावरबाट पीडित भएका छन्। जंगल नजिकै रहेको खेतमा रातको समयमा जंगली जनावर पसेर बाली नास गर्ने गरेको स्थानीय किसान टीकादेवी खड्काले बताइन्। ‘जंग...