कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार बिहान भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदान हुँदैछ । बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन कार्यतालिका भए पनि केही ढिला हुने देखिएको छ । विभिन्न पदका प्रत्यासी नेताहरु मत माग्न व्यस्त छन् भने मदतानस्थलमा सुरक्षा पनि बढाइएको छ ।