प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सत्ता समीकरणका लागि यतिबेला रस्साकस्सी चलिरहेको छ । माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीको समर्थनमा काँग्रेस सभापति शेरबहादुर देउवा नयाँ सरकार गठनको प्रयासमा छन् । तर, जसपा नेपालभित्रको अन्तरद्वन्द्वले देउवाको सत्तारोहण कठिन देखिन थालेको छ ।भारतीय सञ्चारमाध्यम द हिन्दुस्तान टाइम्सले प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएपछि नेपालमा अर्को राजनीतिक अस्थिरताको शुरुवात भएको विश्लेषण गरेको छ । पत्रिकाले एक सम्पादकीय लेख्दै भनेक