कोरोना संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्न मन्त्री साम्सोहाङको निर्देशन

विराटनगर : प्रदेश १ का नवनियुक्त सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले कोरोना संक्रमितको उपचार प्रभावकारी र कुनै गुनासो नआउने गरी गर्न निर्देशन दिएका छन्।प्रदेश १ सरकारले सञ्चालन गरेको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको आइतबार अनुगमन गर्ने क्रममा मन्त्री साम्सोहाङले यस्तो निर्देशन दिएका हुन्। मन्त्री साम्सोहाङले कोभिड अस्पतालको प्रशासनिक कार्य उपचार केन्द्रको खाली भवनबाट गर्ने गरी व्यवस्थापन मिलाउन समेत निर्देशन दिए। उनले भने, ‘टेन्टबाट भन्दा खाली भवन मर्मत गरेर