पर्वत : जिल्लाको फलेवास नगरपालिकामा निर्माणाधीन मनमोहन शान्तिवाटिकाका लागि महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले जग्गा दान गरेका छन्।फलेवास नगरपालिका–१ कार्कीनेटामा निर्माण भइरहेको शान्तिवाटिकालाई पूर्णता दिन भुसालले महाशिला गाउँपालिका–१ होश्राङदीमा रहेको पाँच रोपनी जग्गा शान्तिवाटिकाका लागि उपलब्ध गराएको फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले बताए।शान्तिवाटिकाका लागि आवश्यक जग्गा सट्टामा प्राप्त भएको तथा शान्तिवाटिकामा अधिग्रहण भएको जग्गाको भोगाधिकारका लागि होश्राङदीम