गाजामा इजरायली हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या १५, घाइतेको सङ्ख्या १२५ पुग्यो

शनिबार दोस्रो दिन पनि इजरायली युद्धक विमानले गाजा पट्टीभरि सैन्य निशानामा प्रहार गरिरहँदा मृत्यु हुने प्यालेष्टिनी सर्वसाधारणको सङ्ख्या १५ पुगेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । उक्त आक्रमणबाट १२५ जना घाइते भएका छन् । उत्तरी गाजाको बेइट हनुनमा इजरायली युद्धक विमानबाट कारमाथि आक्रमण गर्दा शनिबार एक महिलाको मृत्यु भएको छ । इजरायली हवाई आक्रमणको दुई दिनमा १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच वर्षीया बालिकासमेत अधिकांश ४० बर्ष मूनिका युवा रहेका गाजास्थित प्यालेष्टिनी