हाम्रो पार्टी चुनावमा जाने कि नजाने भन्ने निर्णय राष्ट्रिय भेलाबाट हुन्छ : आहुती

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका संयोजक विश्वभक्त दुलाल 'आहुती'ले आफ्नो पार्टी चुनावमा जाने कि नजाने भन्नेबारे राष्ट्रिय भेलाले निर्णय लिने बताएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले चुनावमा जनतामाझ जाने कुरा सकारात्मक नै भएपनि यसबारे राष्ट्रिय भेलाले निर्णय लिने बताए । उनले पार्टी एकीकरणबारे कुनै पार्टीसँग आधिकारिक छलफल नभएको पनि...