गुल्मी प्रयोगशालामा थेग्नै नसक्नेगरी स्वाब नमूना थुप्रियो

गुल्मी : तम्घासमा रहेको कोरोना परीक्षण प्रयोगशालामा थेग्नै नसक्नेगरी कोरोना परीक्षण निम्ति स्वाब नमूना थुप्रिएको छ।दैनिक ९४ वटामात्रै नमूना परीक्षण गर्न सकिने क्षमता रहेपनि स्थानीय तहहरूले प्रयोगशालासँग समन्वय नै नगरी स्वाब संकलन गरेकाले समस्या भएको प्रयोगशालाका प्रमुख लक्ष्मण पन्थीले बताए। सबै स्वाब परीक्षण गर्न एक साता समय पनि अपुग हुने उनको भनाई छ।जिल्लाका स्थानीय तहहरूले स्वाब संकलन गर्दा प्रयोगशालासँग समन्वय नै नगरेकाले यस्तो समस्या आएको पन्थीको दाबी छ।यस्तै, रिएजेन्ट(केमिकल)