सर्वोच्चमा मंसिर १५ बाट गोला प्रणाली लागु गर्नेबारेको सूचना राजपत्रमा

सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट मुद्दाको पेसी व्यवस्थापन गर्नेबारेको सूचना राजपत्रमा प्रकाशित भएको छ। सूचना आज सोमबार राजपत्रमा प्रकाशित भएको हो।  गत बिहीबार सर्वोच्च अदालतका १८ न्यायाधीशहरुको पूर्ण बैठक...

सम्बन्धित सामग्री

अदालतमा गोला प्रणालीपछि ६० प्रतिशत न्यायिक विचलन घटेको कार्कीको दाबी

काठमाडौं । प्रस्तावित प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले अदालतमा गोला प्रणाली लागु भएपछि ६० प्रतिशत न्यायिक विचलन घटेको दाबी गरेका छन् । संसदीय सुनुवाइ विशेष समितिमा उपस्थित भएर आफ्नो कार्य योजना पेश गर्ने क्रममा आफ्नो नेतृत्वको समितिले दिएको सुझावका आधारमा गोला प्रणाली लागू भएपछि जिल्ला अदालतदेखि सबै तहमा हुने न्यायिक विचलनमा ६० प्रतिशत कमी आएको भनेर […]

ओरियन्टल सहकारी पीडितहरुलाई भक्तपुरको जग्गा वितरण तयारी, कित्ता रोज्न नपाइने

ओरियन्टल कोअपरेटिभ लिमिटेडले ठगिएका निक्षेपकर्ताहरुलाई जग्गा बितरण गर्ने भएको छ । सहकारीले निक्षेप फरफारक गराउन भक्तपुरको साविकको गुण्डु गाविस अर्थात् हालको सुर्यविनायक नगरपालिका वडा नम्बर ७ को जग्गा बितरण गर्न लागेको हो ।सहकारीका अध्यक्ष सुधिर बस्नेतले जग्गा बितरण गर्नेबारे सार्वजनिक सुचना प्रकाशन गरेका छन् । उनका अनुसार निक्षेप फरफारक गर्ने, गराउने सम्बन्धमा यस अघि पटक, पटक सुचना प्रकाशित गरि सहकारीको वेबसाइट मार्फत अनलाईन दायित्व माग गरेकोमा प्राप्त भएको दायित्व, तथा पेश गर्न छट निक्षेपकर्ताबाट अब प्राप्त हुने दायित्व समेतका सम्पूर्ण निक्षेपकर्ताहरुमा उक्त जग्गा बितरणको लागी जग्गाको प्लानिङ्ग नक्सा तयार गरिसकिएको छ । जग्गा वितरणको लागि अन्तिम अवस्थामा रहेको हुँदा सो नक्सा वितरणको लागि स्वीकृति सहकारी विभाग मार्फत भुमी व्यवस्था तथा सहकारी मन्त्रालयमा पेश गरि पेश भएको नक्सा स्वीकृत तथा कित्ताकाटको अनुमति प्राप्त भई आएका बखत साँवा निक्षेपबाट राफसाफ हुने उनले उल्लेख गरेका छन् ।उनले जग्गा बितरणको लागि विभिन्न १० वटा शर्त समेत तोकेका छन् ।यस्ता छन् शर्त : १. निक्षेपकर्ताहरुलाई अनलाईन फर्म भर्दा निक्षेपकर्ताले प्राप्त गरेको अनलाईन दर्ता नम्बरको आधारमा सिलसिलेवार रुपमा जग्गा वितरण गरिनेछ। २. जग्गा वितरणको क्रममा अत्याधिक दबाब पर्न सक्ने हुँदा कित्ता रोज्न पाईने छैन, गोला प्रणाली लागु गरिने छ। ३. कम निक्षेप भएका निक्षेपकर्ताहरुको हकमा निजहरु मिलि संयुक्त रुपमा जग्गा लिनु पर्नेछ । कल निक्षेपको आधारमा मिलि आएकाहरुको संयुक्त नाममा वा मिलि आउनेको सहमतीमा मिलि आउने मध्ये कुनै एकको नाममा जग्गा पास गरि दिईने छ । साथै एकाघर परिवारको निक्षेपलाई एउटै निक्षेप मानिने छ। ४. कुनै निक्षेपकर्ताले आफ्नो निक्षेप वापत पाउने रकम वापत जग्गा खरिद गर्ने मानिस खोजि ल्याएमा प्रकृया पुरा गरि निक्षेप बराबरको जग्गा दिई जग्गाको मुल्य निक्षेपकर्ताले प्राप्त गर्ने गरि जग्गा पास गरि दिईने छ । तर निक्षेपकर्ताले पाउने साँवा निक्षेप भन्दा जग्गाको मूल्य बढि भएमा निक्षेपकर्ताले प्राप्त गर्ने बाहेकको रकम सहकारी संस्थाको कृषि विकास बैकमा रहेको खातामा जम्मा गरेको भौचर पेश गर्नु पर्नेछ । खाता नम्बर जग्गा वितरण स्थलमा उपलब्ध गराईनेछ ।५. निक्षेप, संस्थाको दायित्व तथा जोखिम व्यवस्थापन लगायतको रकम समेतबाट हुने कुल रकम र वितरण योग्य जग्गा तथा जग्गाको आकार र प्रकारको आधारमा मल्य निर्धारण गरिने छ । ६. लाग्ने राजश्व तथा जग्गा वितरणमा संलग्न 'ल' फर्म तथा अन्य जस्तै फोटोकपी लगायतको दस्तुर निक्षेपकर्ता स्वयमले बुझाउनु पर्नेछ ।७. साविकको निक्षेपकर्ताको मृत्यू भई ईच्छाएको व्यक्ति भएमा निजको नाममा जग्गापास गरि दिने लगायतको आवश्यक कार्यविधि तथा कागजातको बिषयमा जग्गा वितरणमा संलग्न 'ल' फर्मले तय गरि वितरण स्थलबाट जानकारी गराउने छ । ८. जग्गा वितरण प्रकृयामा सहभगी हुन नचाहानेहरुलाई जग्गा लिन चहानेहरुको मनोभावना विपरितको क्रियाकलाप नगरि दिनु हुन साथै जग्गा वितरण कार्यबाट जग्गा लिन चाहानेहरुलाई जग्गा वितरण गरि बाँकी हुने जग्गालाई लिलाम बिक्रि गरि प्राप्त हुने रकम जो जे हुन्छ दामसाहीले बितरण गरिने छ, तर निक्षेपकर्ताले पाउने साँवा भन्दा बढि पर्ने गरि दामासहिमा पनि दिईने छैन, कम हुन आएमा पनि हिसाव वाँकी नहुने गरि जो, जे रकम प्राप्त हुन्छ सोमा निक्षेप राफसाफ भएको मानिनेछ । यस संस्थासँग सम्बन्धित रहेका अन्य सहकारी संस्थाका निक्षेपकर्ता तथा हाउजिङ्ग कम्पनीहरुमा बुकिङ्ग गरि लगानी गर्नु भएका लगानीकर्ताहरुका सम्बन्धमा पुन: सुचना प्रकाशित गरिने छ । ९. कम भन्दा कम निक्षेप रहेका निक्षेपकर्ताहरुको निक्षेप रकम फिर्ता सम्बन्धमा अर्को सुचना प्रकाशित गरि वितरणको मिति तोकिनेछ। १०. अनलाईन फर्म भर्न असमर्थ भई छुट हुनु भएकाहरुको हकमा माथिको प्लानिङ्ग सम्बन्धित निकायबाट स्वीकत भई आए पश्चात 'ल' फर्मको सम्पर्क कार्यालय खोलिने जानकारी पत्रिकामा प्रकाशित गरिने छ र सम्पर्क कार्यालय खुलेपछि सोही कार्यालयमा सम्पर्क गरि फर्म भर्न अनुरोध गरिन्छ ।

आजदेखि उच्च र जिल्ला अदालतमा गोला प्रणाली लागु

काठमाडौं । आजदेखि उच्च र जिल्ला अदालतमा पनि गोला प्रणाली सुरु भएको छ । सर्वोच्च फुलकोर्टको बैठकले दुवै तहका अदालतमा पनि गोलाबाट पेसी तोक्ने निर्णय गरेको थियो । फुलकोर्टले यसका लागि सर्वोच्च अदालत नियमावली पनि संशोधन गरेको थियो । सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाबाट पेसी तोकिएको थियो । न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठन भएको […]

सर्वोच्चमा गोलाप्रथाले दिएन सेवाग्राहीलाई राहत

मिरा बस्नेतकाठमाडौं, पुष ४ । सर्वोच्चकै न्यायाधीश र कानून व्यवसायीहरुको लामो संंघर्षपछि सर्वोच्च अदालतको पेशी व्यवस्थापनमा गोला प्रणाली लागु त भयो । तर यसबाट पनि न्यायाधीश र कानून व्यवसायीले भने जस्तै सेवाग्राहीले समयमा नै न्याय पाउने छाँटकाँट देखिएन । प्रणालीगतभन्दा पनि लहडका निर्णयले ढिलो न्याय दिनु न्याय नदिनु सरह भन्ने मान्यतालाई थप स्थापित गर्दै गएको […]

उच्च र जिल्ला अदालतमा पनि गोला प्रथा लागु हुने

काठमाडौं, मंसिर २९ । आगामी माघ २ गतेदेखि उच्च र जिल्ला अदालतमा पनि पेशी व्यवस्थावनमा गोला प्रणाली लागु हुने भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बाहेकको पूर्ण बैठकले सर्वोच्चपछि उच्च र जिल्ला अदालतमा पनि गोलाप्रथा प्रणालीबाट पेशी तोक्ने निर्णय गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले अदालतभित्रको विकृति विसङ्गति […]

सर्वोच्चमा आजदेखि ‘राफल’ प्रणाली

काठमाडौं, मंसिर १५ । नेपाल बार एशोसिएशनले आजबाट सर्वोच्च अदालतमा गोलाप्रथा लागु गर्ने भएको छ । सोमबार बसेको बारको बैठकको निर्णयमा गोलाप्रथा लागु गर्ने निर्णयको स्वागत गरेको छ । प्रधानन्यायाधीशबाट पेसी तोक्ने अधिकार खोसिएर गोला प्रणाली लागु हुने भएको हो। करिब पाँच वर्षदेखि छलफलमै अड्किएको स्वचालित पेसी प्रक्रिया लागु गर्न निकै कठिन भएको थियो। यसपटक […]

आजदेखि सर्वोच्च अदालतमा गोला प्रणाली लागू

काठमाडौँ । सर्वोच्च अदालतमा गोला प्रणाली लागू हुँदै छ । योसँगै सर्वोच्चमा एक महिनाभन्दा लामो गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ । यो प्रणाली बुधवार देखी लागु हुन लागेको हो । गोला प्रणाली लागू भएपछि न्यायाधीशहरू पनि नियमित इजलासमा फर्कने छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि प्रश्न उठेको भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आइरहेका थिए ।