प्रदेश १ सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठकमा प्रदेश प्रमुख सोमनाथ अधिकारीले बिहीवार आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारको नीति तथा कार्यक्रम पेश गरेका छन् । कोरोनाको रोकथाम र उपचारलाई प्राथमिकतामा राखिएको नीति तथा कार्यक्रममा महामारीबीच पनि ३ दशमलव ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखिएको छ । कानूनहरूको निर्माण, लोकसेवाबाट पदपूर्ति शुरू गरिनु र मुख्यमन्त्री सडक योजनाका कामलाई उपलब्धिका रूपमा अथ्र्याइएको नीति तथा कार्यक्रममा सरकारले कोरोना जनसुरक्षा कोष परिचालन गरी कोभिड नियन्त्रणमा उपलब्ध साधनस्रोतको उचित सदुपयोग गरेको र सरकारको ध्यानदृष्टि जनताको स्वास्थ्यमै केन्द्रित गरेको उल्लेख छ । प्रदेशको गौरवको आयोजना घिनाघाट–विराटचोक सडक, ६२ बहुवर्षे  सडक र ७ प्रादेशिक विशेष सडकलाई पनि प्राथमिकतासाथ बजेट विनियोजन गरी निरन्तरता दिइने भएको छ । मुख्यमन्त्री सडक तथा अन्यको समेत उल्लेख्य प्रगति भएको, ४३ हजार हेक्टरमा सिँचाइ पु¥याउने लक्ष्यमा ५३ प्रतिशत प्रगति भएको, स्वीस सरकारको सहयोगमा विकास परियोजना सञ्चालन भएको नीति तथा कार्यक्रममा उल्लेख छ । मौलिक हकको कार्यान्वयन गर्दै कोभिड–१९ बाट जनता जोगाउने काममा सरकार केन्द्रित भएको, जनचेतना, उपचार, सरसफाइ र पोषण जस्ता कार्यक्रम मुख्य प्राथमिकतामा राखेको, डिजिटल स्वास्थ्य प्रदेश कार्यक्रम कार्यान्वयनमा ल्याउन पालिकाहरूसँग समन्वय, स्वास्थ्य केन्द्रमा अनलाइन दर्ता, डिजिटल साक्षरताका लागि वडाहरूसँग समन्वय, डिजिटल प्रदेशको अवधारणालाई स्वास्थ्यको क्षेत्रमा कार्यान्वयन र अक्सिजनको सहज वितरण तथा व्यवस्थापनका लागि संघीय सरकारको समन्वयमा सबै संसाधनको प्रयोग गर्ने र कोरोनाले स्वरूप परिवर्तन गरेको अवस्थामा प्रदेशका सबै अंग परिचालन गर्न योजना बनाइने घोषणा गरिएको छ । सुरक्षाकर्मीको मनोबल बढाउन अतिरिक्त पारितोषिकको व्यवस्था गर्ने, महिला स्वास्थ्य स्वयंसेवकको मनोबल बढाउने कार्यक्रम चलाउने, गुणस्तर स्वास्थ्य सेवाका लागि प्रदेश मातहतका अस्पतालको गुरुयोजना बनाएर अक्सिजन प्लान्ट जडानदेखि मेची २००, धनकुटा र पाँचथर १०० र अन्य जिल्लामा ५० शय्या थप गरिने, मदन भण्डारी ट्रमा सेन्टरको क्षमता विस्तार, रेफरल अस्पताल र जिल्ला अस्पताल क्षमता वृद्धि, विशेषज्ञ स्वास्थ्य सेवा तथा अनुभव आदानप्रदान गर्न निजीसँग सहकार्य गरिने कार्यक्रममा उल्लेख छ । संविधान बमोजिम गठन भएका राष्ट्रिय आयोगसँग सम्बन्धित समुदायको विकासमा टेवा दिन आयोगसँग समन्वय गर्ने, छुवाछुतमुक्त अभियान चलाउने, वीर शहीद नमूना गाउँका लागि विस्तृत परियोजना प्रतिवेदनको आधारमा निर्माण गर्ने, राजनेता पार्क निर्माणलाई अघि बढाउने पुरानै कार्यक्रमलाई पनि सरकारले अघि बढाउने भएको छ । वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने, आगामी आर्थिक वर्षमा प्रदेश सरकारको नेतृत्व र विकास साझेदारको सहभागितामा आवधिक योजनाको प्राप्तिमा सहयोग गर्ने साना उद्यम तथा परियोजना सञ्चालन गर्ने, प्राविधिक शिक्षा दिई कामदारलाई प्रमाणपत्र दिने र प्रदेशले सञ्चालन गर्ने योजनामा स्थानीय पहुँच बढाइने घोषणा गरिएको छ । यसैगरी अग्र्यानिक कृषि अभियानलाई जोड दिइने, कृषि उत्पादन गर्न भूमि बैंक स्थापना गर्ने, सार्वजनिक जग्गा, पोखरी र बाटोको अभिलेख तयार गर्ने र अतिक्रमण हटाउने कार्यक्रम छन् । विराटनगर विमानस्थल बनाउन अधिग्रहण गर्ने जग्गाको काम अघि बढाउन पहल लिने, शीत भण्डारण बनाई ताजा फलफूल निर्यात प्रवद्र्धन गरिने र होम स्टे निर्माणमा सहयोग गरिने नीति तथा कार्य    क्रममा उल्लेख छ । प्रदेशका आफ्नो केन्द्रीय सचिवालयको गुरुयोजना बनाई निर्माण थाल्न बजेटको व्यवस्था गर्ने, प्रादेशिक सडक र मोटरेबल पुलको निर्माणमा जोड दिने । ५६ पुल बनाउन बजेट विनियोजन गर्ने, दश नयाँ मोटरेबल पुल निर्माणको शुरुआत गर्ने घोषणा गरिएको छ । यसैगरी उदयपुर सिमेन्टको क्लिंकर उत्पादन र विद्युतीय बसमा प्रदेश सरकारले लगानी गर्न सक्ने विषयमा अध्ययन गर्ने, सार्वजनिक निजी लगानीमा जल यातायात, ल्याण्ड पुलिङबाट शहरी बासोवासको व्यवस्था, सडक सौन्दर्यलाई योजनामा समन्वय गर्दै शहरी आवास क्षेत्रका सडकमा साइकल लेन निर्माण सरकारको कार्यक्रममा परेका छन् । विद्युत् प्रसारण लाइन निर्माणमा समन्वय गर्न छुट्टै डेस्कको स्थापना गर्ने  सरकारले घोषणा गरेको छ ।

सम्बन्धित सामग्री

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा प्रदेश १ का प्रमुख परशुराम खापुङ्गले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रमको पूर्णपाठ

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

२५ जेठ, विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा प्रदेश १ का प्रमुख परशुराम खापुङ्गले  सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् र नीति तथा कार्यक्रमको पूर्णपाठ :

प्रदेश १ को नीति तथा कार्यक्रम : कृषि क्षेत्रलाई उच्च प्राथमिकता (पूर्णपाठसहित)

प्रदेश १ सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङले बुधबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा सरकारले कृषि क्षेत्रको विकासको लागि प्रादेशिक कृषि विकास रणनीति तय गर्ने उल्लेख छ । यस्तै दिगो कृषि विकासका लागि माटो परीक्षण र माटो सुधार कार्यक्रम ल्याउने, उत्पादनको आधारमा किसानलाई सोझै अनुदान दिने, किसानलाई मौसम सम्बन्धित नियमित सूचना दिने व्यवस्था गर

प्रदेश-१ र लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

काठमाण्डाै - प्रदेश-१ र लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछन् । प्रदेश-१ ले दिउँसो २ बजे आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलपछि असार १ गते आउँदो आर्थिक वर्ष २०७९/८० लागि सरकारले अनुमानित आयव्यय सार्वजनिक गर्नेछ । यस्तै, लुम्बिनी प्रदेश सरकारले पनि आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्या...

एक नम्बर प्रदेश : सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

प्रदेश १ प्रदेशसभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गरेको छ । नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण बजेट ल्याउने बाटो खुला भएको छ ।उपसभामुख सरस्वती पोखरेलले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरिन् । सत्तारुढ एमाले (खनाल–नेपाल) पक्षको साथ पाएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । योसँगै तत्कालका लागि सरकार अप्ठेरोमा पर्ने अवस्था टरेर गएको छ । प्रदेशसभामा सत्ता

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

३० जेठ, विराटनगर । प्रदेश १ सरकारले पेश गरेको आगामी आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रममा दुई दिनको छलफलपछि आइतबार बहुमतले पारित गरेको हो । बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नीति तथा कार्यक्रम पेश गरेका थिए । शुक्रबार १० जना र शनिबार २२ जना […]

प्रदेश १ मा एमाले भयो एकढिक्का, सरकारको नीति तथा कार्यक्रम पारित

विराटनगर। प्रदेश १ मा सरकारले पेश गरेको आगामी सरकारको आगामी नीति तथा कार्यक्रम पारित भएको छ। प्रदेशसभामा एमाले एकढिक्का भएपछि सरकारको नीति तथा कार्यक्रम पारित भएको हो। ९३ सदस्य रहेको प्रदेश१ को प्रदेशसभामा एमालेका ५१ सदस्य छन्। जेठ२७ गते प्रदेश प्रमुख सोमनाथ अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले धारणा राखेर आइतबार मुख्यमन्त्री राईले जवाफ दिएसँगै पारित भएको हो।

प्रदेश–१ सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

अधिकांश पुरानै योजनालाई समावेश गरेर र प्रदेश–१ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले बिहीबार प्रदेशसभा बैठकमा स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन, खेलकुद, जलविद्युत्लगायतका अधिकांश पुरानै योजना समावेश गरेर तयार पारिएको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । ‘गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिबद्धता’ भन्ने नाराका […]

विपक्षी सांसद भन्छन्, ‘सरकारको नीति तथा कार्यक्रम झुट र आश्वासनका पुलिन्दा हो’

विराटनगर। प्रदेश १ सरकारको नीति तथा कार्यक्रम झुट र आश्वासनका पुलिन्दा भएको विपक्षी सांसदहरुले बताएका छन्। प्रदेशसभा बैठकमा बोल्दै सांसदहरुले हरेक वर्ष योजना बन्ने तर कार्यान्वयन नहुने भएकाले विश्वास नलागेको बताए। सरकारले नीति तथा कार्यक्रममा आकर्षक नारा र योजना ल्याएको देखिन्छ। यस्ता नाराले जनतालाई झुक्याउने कार्य गरेको सांसद सुर्यामा राईले बताए। सांसदहरुले सरकारको योजना तथा कार्यक्रम चुनावमुखी देखिएको आरोप लगाए।