बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज अन्त्येष्टि गरिँदै

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज अन्त्येष्टि गरिँदैछ । बिहान ११ बजेदेखि राजकीय अन्त्येष्टि समारोह सुरु हुनेछ । अन्त्येष्टि अघि उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ । महारानी एलिजाबेथको अन्तिम संस्कार विन्ड्सरमा रहेकाे किङ जोर्ज सिक्स्थ मेमोरिअल च्यापलमा हुने बीबीसीले जनाएको छ । राजकीय अन्तिम संस्कारमा उहाँको परिवारसहित विश्वका शीर्ष नेताहरुसमेत सहभागी भएका छन् । बेलायत सरकारले यसअघि नै महारानीको अन्त्येष्टि समारोहमा विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखलाई निमन्त्रणा गरेको थियो । विश्व...