पर्याप्त छलफलपछि मात्रै कानुन बनाउनु पर्छ : कल्याण श्रेष्ठ

काठमाडौं : पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संसद्ले पर्याप्त छलफलबिना कानुन निर्माण गर्न नहुने बताएका छन्।मंगलवार कानुनी शासन केन्द्रले काठमाडौँमा आयोजना गरेको ‘कानुनी शासनको प्रवर्द्धनमा संसद्को भूमिका’ विषयक अन्तरसंवादमा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संसद्ले पर्याप्त छलफलबिना कानुन बनाउने गरेको बताएका हुन्।उनले महत्त्वपूर्ण विधेयकलाई नियम निलम्बन गरेर बिनाछलफल पारित गरिने गरेको भन्दै संसद्को भूमिकाप्रति प्रश्न उठाए। उनले बिनाछलफल पास भएको कानुनले कानुनी तत्त्

सम्बन्धित सामग्री

महत्वपूर्ण विधेयकको पालोमा नियम निलम्बन गर्नु गलत : कल्याण श्रेष्ठ

२७ मंसिर, काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संसदले पर्याप्त छलफल बिना कानून निर्माण गर्न नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित अन्तरसंवाद कार्यक्रममा उनले महत्वपूर्ण विधेयकहरुलाई नियम निलम्बन गरेर बिना छलफल पारित गरिने गरेको भन्दै संसदको भमिकाप्रति प्रश्न उठाएका हुन् । उनले बिना छलफल पास भएको कानूनले कानूनी तत्व ग्रहण गर्न नसक्ने धारणा राखे । […]

‘संविधान आफ्नै बोझहरूबाट थिचिने अवस्थामा पुगेको छ’

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ संविधानका प्रावधानहरू माथि बेलाबेलामा पुनरावलोकन गर्न हिच्किचाउनु नहुने विचार राख्छन् । ‘हाम्रो लुगा फोहोर भयो भने नधुने ? च्यातियो भने नसिलाउने ? च्यातिएको लुगा बेलैमा सियो भने दुईचार दिन बढी लगाउन मिल्ने हुन्छ’, श्रेष्ठ भन्छन्, ‘च्यातिंदा समेत नसिलाएर बस्ने अनि थप च्यातिने हो भने लगाउनै नमिल्ने अवस्थामा पुग्छ । यो संविधानलाई […]

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ आईसीजेको आयुक्तमा पुनःनिर्वाचित

काठमाडौँ– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजे) को आयुक्तमा पुनः निर्वाचित भएका छन् । प्रधानन्यायाधीशबाट अवकाशपछि श्रेष्ठ यसअघि २०७३ पुसमा पहिलो पटक आयुक्तमा निर्वाचित भएका थिए । दोस्रो पटक पाँच वर्षे कार्यकालका लागि श्रेष्ठ आयुक्तमा पुन निर्वाचित भएका हुन् । स्विट्जरल्याण्डको जेनेभामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय संस्था आईसीजेमा लब्धप्रतिष्ठित न्यायाधीश, संविधानविद् तथा कानुनविद्हरू रहन्छन् […]

नेपालको प्रजातन्त्र कम्पनीको रुपमा विकसितः पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ

राजनीतिक दलहरुले जनतामाथि आफ्नो अधिपत्य जमाउनका लागि थर्काउने र तर्साउने गरेको उजले बताए। राजनीतिक दलहरुको यस्ता गलत प्रवृत्तिका कारण नै प्रजातन्त्रले सही दिशाबोध गर्न नसकेको उनले बताए।...

विवेक नभएको व्यक्ति कल्याण श्रेष्ठ नै होः प्रधानन्यायाधीश जबरा (भिडियोसहित)

काठमाडौं, १२ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई विवेक नभएको व्यक्ति भनेका छन् । उनले श्रेष्ठसँग ज्ञान भएको तर विवेक नभएको भनेका हुन् । ‘कल्याणजीलाई इतिहासकै कलंकित प्रधानन्यायाधीश पत्रपत्रिकाले भनेको होइन ? नेपाल बारले खेद प्रस्ताव पारित गरेको होइन ?’ प्रधानन्यायाधीश जबराले ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनको अन्तवार्तामा भने, ‘ज्ञान हुँदाहुँदै पनि […]

विश्वका नामुद न्यायाधीशको सूचीमा नेपालका श्रेष्ठ पनि

काठमाडौँ – विश्वका नामुद प्रधानन्यायाधीशहरुको सूचीमा नेपालका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पनि परेका छन्। क्याम्ब्रिज युनिभर्सिटी प्रेसले प्रकाशन गरेको जर्नलमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठ पनि राखिएको हो। ‘टावरिङ जजेज’ शीर्षकमा उनीसहित अमेरिका, बेलायत, भारत, सिंगापुर, दक्षिण अफ्रिकालगायत देशका नामुद न्यायाधीशलाई सूचीकृत गरिएको छ। उक्त सूचीमा अस्ट्रेलियाका प्रधानन्यायाधीश सर एन्थोनी मेसन (१९७२–१९५०) भारतका प्रधानन्यायाधीश पीएन भगवती (१९७३–१९८६), दक्षिण अफ्रिकाका […]