लमजुङका किसानले पाए १२ करोड सहुलियत कर्जा

लमजुङ । लमजुङका ९९ किसानलाई विभिन्न बैंकद्वारा १२ करोड ११ लाख ७४ हजार रुपैयाँ ऋण प्रदान गरिएको छ । गत आर्थिक वर्षमा जिल्लामा विभिन्न आठओटा सरकारी, निजी बैंक तथा वित्तीय संस्थाले किसानलाई उक्त रकम प्रदान गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले बताएको छ ।    सरकारले व्यावसायिक कृषि प्रवद्र्धनका लागि विशेष सहुलियत व्यवस्था गरेसँगै सरकारी स्वामित्वमा रहेका वित्तीय संस्थाले व्यावसायिक आधार मूल्यांकन गर्दै विशेष ऋण प्रवाह गरेको हो । कार्यालय प्रमुख डा. रूपेश श्रेष्ठका अनुसार यसरी ऋण प्रदान गर्नेमध्ये सबैभन्दा धेरै कृषि विकास बैंकले दिएको छ । उक्त बैंकले ४० जना पशुपालक किसानलाई ३ करोड ३३ लाख रुपैयाँ ऋण दिएको छ । नेपाल बैंकले १० जना किसानका लागि १ करोड १२ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले चार जना किसानका लागि ५९ लाख रुपैयाँ ऋण प्रदान गरेको छ । सरकारी बैंकबाहेक जिल्लाका निजी बैंकले समेत सहुलियत ब्याजमा ऋण दिने गरेको पाइएको छ । निजीमध्ये सिद्धार्थ बैंकले सबैभन्दा धेरै २० जना किसानका लागि ३ करोड ४६ लाख रुपैयाँ ऋण दिएको छ । बैंकले किसानलाई पशुपक्षी तथा मत्स्यपालनका लागि ऋण दिएको थियो । त्यस्तै, ग्लोबल आइएमईले सात जना किसानलाई ६८ लाख रुपैयाँ ऋण दिएको उक्त केन्द्रका प्रमुख श्रेष्ठको भनाइ छ । उनका अनुसार एभरेष्ट बैंकले १० किसानलाई १ करोड १८ लाख ७४ हजार रुपैयाँ सहुलियत ऋण दिएको छ भने प्राइमले ६ जना किसानलाई १ करोड ५३ लाख रुपैयाँ सहुलियत ब्याजमा ऋण दिएको छ । त्यस्तै, एनएमबि बैंकले सबैभन्दा कम दुईजना किसानका लागि २५ लाख रुपैयाँ सहुलियत ऋण दिएको छ । पशुसेवा कार्यालय लमजुङका प्रमुख श्रेष्ठका अनुसार जिल्लामा रहेकामध्ये १५ ओटा बैंक तथा वित्तीय संस्थामध्ये आठओटाले मात्रै सहुलियत ऋण सेवा प्रवाह गरेको पाइएको छ । रासस

सम्बन्धित सामग्री

लमजुङका ९९ जना किसानले पाए बैंकबाट १२ करोड सहुलियत कर्जा

भदौ १६, लमजुङ । यहाँका पशुपालन क्षेत्रका ९९ किसानलाई विभिन्न बैंकद्वारा १२ करोड ११ लाख ७४ हजार रुपैयाँ ऋण प्रदान गरिएको छ । गत आर्थिक वर्ष जिल्लामा विभिन्न आठ ओटा सरकारी, निजी बैंक तथा वित्तीय संस्थाले किसानलाई उक्त रकम प्रदान गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले बताएको छ ।            सरकारले व्यावसायिक कृषि प्रवद्र्धनका लागि विशेष सहुलियत व्यवस्था गरेसँगै सरकारी स्वामित्वमा रहेका वित्तीय संस्थाले व्यावसायिक आधार मूल्याङ्कन गर्दै विशेष ऋण प्रवाह गरेको हो । कार्यालय प्रमुख डा रुपेश श्रेष्ठका अनुसार यसरी ऋण प्रदान गर्नेमध्ये सबैभन्दा धेरै कृषि विकास बैंकले दिएको छ । उक्त बैंकले ४० जना पशुपालक किसानलाई ३ करोड ३३ लाख रुपैयाँ ऋण दिएको छ ।            नेपाल बैंकले १० जना किसानका लागि १ करोड १२ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले चार जना किसानका लागि ५९ लाख रुपैयाँ ऋण प्रदान गरेको छ । यहाँ सो सरकारी बैंक बाहेक जिल्लाका निजी बैंकलेसमेत सहुलियत ब्याजमा ऋण दिने गरेको पाइएको छ । निजीमध्ये सबैभन्दा धेरै सिद्धार्थ बैंकले २० जना किसानका लागि ३ करोड ४६ लाख रुपैयाँ ऋण दिएको छ । बैंकले किसानलाई पशुपक्षी तथा मत्स्यपालनका लागि ऋण दिएको थियो ।            त्यस्तै, ग्लोबल आइएमईले सात जना किसानलाई ६८ लाख रुपैयाँ  ऋण दिएको उक्त केन्द्रका प्रमुख श्रेष्ठको भनाइ छ । उनका अनुसार एभरेष्ट बैंकले १० किसानलाई १ करोड १८ लाख ७४ हजार रुपैयाँ सहुलियत ऋण दिएको छ भने प्राइमले छ जना किसानलाई १ करोड ५३ लाख रुपैयाँ सहुलियत ब्याजमा ऋण दिएको छ ।            त्यस्तै, सबै भन्दा कम एनएमबी बैंकले दुई जना किसानका लागि २५ लाख रुपैयाँ सहुलियत ऋण दिएको छ । पशुसेवा कार्यालय लमजुङका प्रमुख श्रेष्ठका अनुसार जिल्लामा रहेकामध्ये १५ ओटा बैक तथा वित्तीय संस्थासँग ऋणप्रवाहको तथ्याङ्क माग गरे पनि जम्मा आठ ओटा बैंकले मात्रै सहुलियत ऋण सेवा प्रवाह गरेका छन् ।    रासस