निर्वाचन आयोगले आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी तीव्र पारेको छ । यतिबेला आयोगले निर्वाचनमा सहभागी हुने दलको पहिचानका लागि दल दर्ताको काम गरिरहेको छ । साउन ३१ गतेसम्मका लागि दल दर्ताको कार्यक्रम राखिएकोमा हालसम्म ३१ दल दर्ता भएका छन् भने अन्य केही दल दर्ताको प्रक्रियामा छन् ।दल दर्ताको काम सकेपछि मतदाता नामावली तयार पारेर स्थानीय तहसम्म पठाएर त्यसमा भएको त्रुटि सच्याउन लाग्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले रातोपाटीलाई जानकारी दिए । मतदाता नामाव