ओलीको प्रश्न : कांग्रेसको घरबाट ल्याएको संसद् हो यो ?

प्रमुख प्रतिपक्ष कांग्रेसले सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन माग गर्दै निरन्तर संसद् अवरुद्ध गरेकोमा सत्तारुढ एमालेका अध्यक्ष केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेका छन् ।

सम्बन्धित सामग्री

देउवालाई ओलीको प्रश्न– ‘गुरुजी, आफूले कतिपल्ट संसद् विघटन गर्नुभो ?’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको विषयमा कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले उठाएको विषयमा प्रतिक्रिया दिएका छन् ।

सरकारलाई ओलीको प्रश्न - भोट खसालेको भोलिपल्टै मूल्यवृद्धिको डण्डाले हान्दिने ?

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सम्पन्न भएको भोलिपल्टै सरकारले जनतामाथि मूल्यबृद्धिको डण्डा बर्साएको बताएका छन् । बिहीबारको संसद् बैठकमा बोल्दै अध्यक्ष ओलीले  मतदान सकिएको एक दिन नबित्दै पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गराएको बताए । '३० गते भोट खसाल्ने बेलासम्म चुप लागेर बस्ने, भ...

ओलीको प्रश्न- एमालेलाई सिध्याउँछु भन्ने हक कहाँबाट आयो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षका नेताहरूलाई प्रतिपक्षलाई सिध्याउँछु भन्ने हक कहाँबाट आयो भन्दै प्रश्न गरेका छन् । बिहीबारको संसद् बैठकमा उनले एमाले हाल वैशाखी टेकेर आएको पार्टी नभएको समेत बताए ।  “सतापक्षले प्रतिपक्षलाई सिध्याउँछु भन्ने हक कहाँबाट आयो ? चुनावमा जित्न सक्छौैँ भन्न सकिन्छ । तर,...

संसद्मा एमाले आक्रामक : एमसीसीबारे सरकारको धारणा माग

काठमाडौं । संसद्मा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आक्रामक रूपमा प्रस्तुत हुँदै एमसीसीबारे सरकारसँग स्पष्ट धारणा माग गरेको छ । प्रधानमन्त्रीबाट बहिर्गमन भएयता पहिलोपटक मंगलवार संसद् बैठकमा भाषण गरेका एमाले संसदीय दलका नेता केपी ओली सरकारप्रति आक्रामक रूपमा प्रस्तुत हुँदै सरकारसँग जवाफ माग गरेका हुन् । तीन वर्षपछि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले रोस्टममा बोल्दै उनले वर्तमान सरकारले हालै सार्वजनिक गरेको साझा कार्यक्रमको दस्तावेजमा एमसीसीबारे कतै उल्लेख नगरिनुले विभिन्न शंका उब्जाएको बताए । ओलीले एमसीसी जस्केलाबाट पास गराउन लागिएको आशंका व्यक्त गर्दै भने, ‘एमसीसीबारे मेरो क्लिप देखाउँदै पारित गर्ने वातावरण बनाउँदै हुनुहुन्छ । साझा न्यूनतम कार्यक्रममा कहीँ पनि उल्लेख छैन । कि यो विषय पनि जस्केलाबाट ल्याउन खोजेको ?’ ओलीको प्रश्न थियो । सरकारलाई १ सय ६५ सांसदको समर्थन रहेको भन्दै ओलीले एमसीसी सहजै पारित हुने भएकाले पेश गर्न सुझाव दिए । ‘यही टेबलमा थन्किएर बसेको छ । तपाईंहरूले प्रस्ताव लिएर आउनुहोस् । १ सय ६५ जनाले दुई हातले ताली बजाउँछन्,’ ओलीले भने । प्रधानमन्त्री पदमा रहेका बेला एमसीसी पास गर्नुपर्छ भनेर ओलीले अभिव्यक्ति दिएका थिए । लामो समयदेखि एमसीसी संसद्मा अड्किएको छ । दलहरू बीच सहमति जुट्न नसक्दा सभामुखले एमसीसी सम्झौतालाई अनुमोदन गर्नका लागि निणयार्थ पेश गरेका छैनन् । अनुमोदन नभएकोप्रति नेपालको ठूलो मध्येको एक दातृ निकाय अमेरिकाले असन्तुष्टि जनाउँदै आएको छ । प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका नेता ओलीले लिपुलेक र लिम्पियाधुरा समस्या नभएर नेपालको पवित्र भूभाग भएको समेत बताए । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा लिपुलेक र लिम्पियाधुरलाई ‘समस्या’ लेखिएको भन्दै उनले आपत्ति जनाएका हुन् । उनले संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा भूमि फिर्तासम्बन्धी स्पष्ट कुरा गर्न सुझाव दिए । ओलीले विगतका सबै अनियमितताको छानविन गर्न माग गरेका छन् । ‘स्वास्थ्य सामग्री खरीदमा भएको अनियमिताको छानविन गर्ने र दोषी देखिएका व्यक्ति र संस्थालाई कारबाही गर्ने भनिएको छ,’ ओलीले भने, ‘अलि अगाडिदेखि छानविन गर्नुस् है ।’ विगतमा स्वास्थ्य सामग्री खरीद भएको र ती सामग्री विभिन्न अस्पताल र एयरपोर्टमा नै थन्किएर प्रयोगविहीन भएको उल्लेख गर्दै तिनका बारे पनि छानविन गर्न उनले सरकारसँग आग्रह गरे ।