न्युयोर्कमा १५ बर्षकी बालिकासँग यौन सम्पर्कका लागि गएका नेपाली प्रहरीको फन्दामा, साढे २ लाख डलर धरौटी

न्युयोर्कमा १५ बर्षकी बालिकासँग यौन सम्पर्कका लागि गएका एक नेपाली प्रहरीको फन्दामा परेका छन् । उनी टीनएजर बालिकाका रुपमा अनलाइन च्याटमा प्रस्तुत पाशोमा परेका हुन् । पक्राउ परेका व्यक्ति ३४ बर्षीय नेपाली श्याम गौली रहेका छन् । नेपालमा बर्दिया घर भएका उनी न्युयोर्कको लङ आइल्याण्डमा बस्दै आएका थिए । गौलीका नेपालमा श्रीमती र एक बच्चा […]

सम्बन्धित सामग्री

एयरपोर्टमा छिरेर घाँस काट्ने १७ महिला प्रहरीको फन्दामा

धनगढी : धनगढीको गेटास्थित एयरपोर्टमा प्रहरीले १७ महिलालाई नियन्त्रणमा लिएको छ। आज (मंगलवार) दिउँसो विमानस्थल क्षेत्रमा तारजाली नाघेर घाँस काट्न गएका १७ महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूले विमानस्थलको धावन मार्गको पश्चिमतर्फको तारजाली नाघेर घाँस काटेको जनाइएको छ।महिलाहरूले अनधिकृत रूपमा प्रवेश गरेर घाँस काटेपछि उनीहरूलाई विमानस्थलमा सुरक्षार्थ खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ। धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले घाँस काटिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको

‘हनिट्याप’को धन्दा चलाउने महिला प्रहरीको फन्दामा

काठमाडौं । बलात्कारको आरोपमा विभिन्न पुरुषलाई फसाएर रकम अशुल गर्दै आएका दुई महिला प्रहरीको फन्दामा परेका छन् । सुर्खेतका ती दुई महिलाले पटक पटक विभिन्न पुरुषलाई बलात्कारको आरोपमा फसाउने र रकम अशुल गर्दै आएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रगर घर भएकी लालसरी शाही (ललिता) र उनकी सहयोगी कल्पना हमाल रहेका छन् । बलात्कारको झुठो जाहेरी दिँदा सुर्खेत जिल्ला अदालतले केही दिनअघि साढे तीन वर्षको सजाय तोकेकी महिलालाई महानगरीय अपराध महाशाखाको टोलीले उनका एकजना साथीसहित पक्राउ गरेको हो । काठमाडौंको सुन्धारामा एक ब्यक्तिलाई होटलमा बोलाएर बलात्कारको आरोपमा फसाएर रकम अशुल गर्न थालेपछि उनीहरु पक्राउ परेका थिए । प्रहरीका अनुसार ललिताले कोटेश्वर बस्ने एक पुरुषलाई ललिताले सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाएर कोठामा पुगेपछि आफैँले अश्लिल गतिविधी गरेकी थिइन् भने त्यसको भिडियो कल्पनालाई खिच्न लगाएकी थिइन् । ललिताले सुन्धारा स्थित होटलमा बसेको समयमा सबै पैसा हराएको कारणले समस्यामा परेको हुँदा सहयोग गरिदिनको लागि अनुरोध गरेर ती व्यक्तिलाई बोलाएको प्रहरीले जनाएको छ । उनी होटल पुगेपछि बार्गेनिङका लागि भिडियो खिँचिएको महाशाखाले जनाएको छ । सो भिडियो भाइरल बनाइदिने भन्दै उनीहरुले पटक–पटक गरेर तीन लाख रुपैयाँ लिएको र थप ८ लाखको माग गरेका थिए । त्यसपछि आफूलाई अनावश्यक ब्ल्याकमेलिङ गरेको भन्दै ती व्यक्ति उजुरी लिएर प्रहरीकहाँ गएका थिए । अपराध महाशाखाका अनुसार लालसरी शाही र कल्पना हमालले विरेन्द्रनगर नगरपालिकाका लेखा शाखामा कार्यरत लेखापाल खेमराज शर्मालाई फसाउने नियतले होटलमा भेट्न बोलाई उनकाका विरुद्ध ५ असोजमा जाहेरी दिएका थिए। यही मुद्दामा अदालतले लालसरीलाई साढे तीनवर्ष कैदको सजाय सुनाएको हो। यस्तै लालसरी शाहीले राजु धिताललाई २०६६ मंसिरमा अपहरण गरी कर्तव्य गरेको घटनामा बाँके जिल्ला अदालतबाट १४ वर्ष जेल सजायको फैसला भएकोमा ७ वर्ष जेल बसी उच्च अदालत, बाँकेको फैसलाले २२ मंसिर २०७४ मा रिहा भएको महाशाखाले जनाएको छ। बलात्कारको आरोपमा फसाउने भन्दै रकम असुली रहेको जाहेरीपछि महाशाखाले दुवैलाई पक्राउ गरेको हो।