शिक्षकलाई पनि निजामती सरहकै सुविधा दिन कांग्रेसको माग

काठमाण्डाै - नेपाली कांग्रेसले आउँदो आर्थिक वर्षको बजेटमा निजामती कर्मचारी र शिक्षकको तलब र अन्य सुविधामा भेदभाव गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेसको शिक्षा विभागले निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई प्रदान गरिने सेवा तथा सुविधाको तुलनामा शिक्षक तथा प्राध्यापकको सेवा सुविधामा सरकारले विभेद गरेकाले त्यसलाई तत्कालै सच्याउन माग गरेको हो । बजेटले निजामतीलाई १० दिनको बिदा र पारिश्रमिकसहित पर्यटन काज दिने, १० लाख रुपैयाँको दुर्घटना बीमा गर्ने, एक लाख रुपैयाँको स्वास्थ्...