राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम सुधारोन्मुख पथमा देखिएको छ । कम्पनीले आफ्नो ६३ औँ वर्षीय व्यावसायिक यात्रामा केही सुधारात्मक सङ्केतहरू देखाएको हो । आर्थिक वर्ष २०७८/७९ को अन्तसम्ममा कम्पनीले आफ्नो व्यावसायिक तथा आय स्रोतहरूका क्षेत्रहरू बढाउँदै पौने २ अर्ब (१ अर्ब ७५ करोड रुपैयाँ) खातामा मौज्दात राख्न सफल भएको छ । आर्थिक वर्षको कार्त्तिक मसान्तसम्ममा निगमले विभिन्न खर्चबापत ओभर ड्राफ्टबाट भुक्तानी गरी कुल ५८ करोड ५ लाख ६५ हजार नगद मौज्दात रहेकोमा असार मसान्तसम्ममा सो मौज्द