१२ बजे कार्यालय आउँछन् अटेरी कर्मचारी

बागलुङ : बागलुङमा सरकारी कार्यालयका कर्मचारीहरुको मनपरी चल्ने गरेको पाइएको छ। उनीहरु हाकिमलाई समेत टेर्दैनन्। कार्यालय आउने जाने समय त झन् अझ गज्जबको छ।उनीहरु जति बेला कार्यालय आए पनि हुन्छ। सोमबार बिहान साढे १० बजे नापी कार्यालय बागलुङमा पुग्दा धेरै कर्मचारीका कार्यकक्ष खाली थिए। कार्यालयमा उपस्थित भएका कर्मचारीहरु पनि काममा थिएनन्।केही कर्मचारी समयमै आउने तर केही भने प्रायः ढिला नै आउने गरेको बुझियो। ११ बज्नै लाग्दा आएकी प्राविधिक फाँटकी कर्मचारी रमिला शर्माले प्रतिक्रिया नै दिन मानिनन्।य