भारतका निवर्तमान राष्ट्रपति कोविन्दको विदाइ, माग सम्बोधनका लागि गान्धीवादी तरिका अपनाउन आह्वान

८ साउन, काठमाडौं । भारतका निवर्तमान राष्ट्रपति रामनाथ कोविन्दले दलगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्न आह्वान गरेका छन् । उनले आफ्ना माग सम्बोधन गराउने क्रममा गान्धीवादी तरिका अपनाउन समेत देशवासीलाई अपिल गरेका छन् । हिजो साँझ आयोजित आफ्नो विदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको लागि गर्ने काम सर्वोच्च प्राथमिकतामा हुनुपर्ने भन्दै राजनीतिक दलहरुको ध्यानाकर्षण गराए […]