नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले नामको पार्टी केपी ओलीको ‘प्राइभेट कम्पनी’ भएको बताएका छन् । शनिबार काठमाडौंमा पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मदन भण्डारीको र जनताको बहुदलीय जनवादको नाम लिएर ओलीले पार्टीलाई अलोकतान्त्रिक तरिकाले चलाइरहेको बताए । ‘मदन भण्डारी र जनताको बहुदलीय जनवादको कुरा गरेर अलोकतान्त्रिक तरिकाले जबजको मूल मान्यतालाई समाप्त पार्दै एमाले नामको पार्टी केपी ओलीको प्राइभेट कम्पनी चलिरहेको छ’, नेत