टर्की निर्वाचन परिणामको अर्थ

टर्कीका जनता यसै साता नयाँ राष्ट्रपति चयन गर्न तम्तयार भएर बसेका छन्। टर्कीको यो निर्वाचन धेरै अर्थमा विश्वमा नै महत्त्वपूर्ण मानिएको छ। यो निर्वाचनको परिणामले नै टर्कीको भविष्य धेरै हदसम्म निर्धारण हुनेछ। टर्कीमा वर्तमान राष्ट्रपति रिक्याप टाइयप इडोर्गान दुई दशकदेखि सत्तामा छन्। उनले सुरुका दिनमा पूर्व र पश्चिमका सत्तालाई खुसी बनाएका थिए। पछिल्लो समय भने […]

सम्बन्धित सामग्री

१३ प्रतिशत भ्याटको असर : महँगियो तरकारी, फलफूल

काठमाडौं । सरकारले बजेटमार्फत तरकारी, फलफूलजस्ता दैनिक उपभोग्य वस्तुुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएसँगै त्यस्ता वस्तु आयात गर्न व्यवसायीले आनाकानी गर्न थालेका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमार्फत यसअघि दिइएको छूट खारेज गरी त्यस्ता वस्तुमा १३ प्रतिशत भ्याट लगाउने नीति लिएका छन् । यसले प्याज, आलु, लसुन, केराउ, फ्रोजन सागपात, कोसे तरकारी, केराउ (छोडाएको वा नछोडाएको), बोडी (सिमी), पालुंगो, न्यूजील्यान्ड पालुंगोसमेत, गुलियो वा स्वादिलो मकै, अन्य सागपात र मिश्रित सागपात, एभोकाडो, स्याउ, श्रीफल (क्विन्स), खुर्पानी (एप्रिकोट), अमिलो चेरी, अन्य स्ट्रबेरी, रेस्पबेरी र क्रेनबेरी, बिलबेरी, किवी फ्रुट, हलुवाबेदलगायत फलफूलमा मूल्य अभिवृद्धि कर लागेको छ । कपास, ऊन, फ्रोजन, खसीबोका, भेडा, चौपाया, कुखुरा, टर्की र हाँसको मासुमा पनि उक्त कर लगाइएको छ ।  कर बढेसँगै भाउ पनि उकालो लाग्न थालेको छ । बजेटअघि ४० रुपैयाँ किलोको प्याज अहिले ६० रुपैयाँ पुगेको छ । २८० देखि ३०० रुपैयाँ पर्ने स्याउको मूल्य ३५० देखि ४०० रुपैयाँ पुगेको व्यापारीले बताएका छन् । कालीमाटी फलफूल तथा तरकारी बजारमा गएको ५ दिनदेखि देशबाहिरको तरकारी आएको छैन । संवेदनशील वस्तुमा भ्याट फिर्ता लिनुपर्ने माग गर्दै कालीमाटीका थोक व्यापारीले आलु, प्याजलगायत तरकारी ल्याएका छैनन् । आलुमा व्यापारीले प्रतिकेजी ४ रुपैयाँ भन्सार तिर्दै आएका थिए । त्यसमा १३ प्रतिशत मूल्य अभिवृद्धिकर थपिएको छ । प्याजमा प्रतिकेजी ६ रुपैयाँ भन्सार तिर्दै आएको र अग्रिम बुकिङमार्फत ५ प्रतिशत कर तिर्ने गरेकोमा भ्याट थपिएपछि प्याजको भाउ पनि बढेको छ ।  व्यापारीले कुहिने सामानमा भ्याट हिसाब गर्न नसकिने भन्दै आयात नै नगर्ने बताएका छन् । व्यापारी सुरेन्द्र श्रेष्ठका अनुसार यस्ता वस्तुमा भन्सार छूट हुनुपर्छ । तरकारी फलफूलमा लगाएको मूल्य अभिवृद्धिकर फिर्ता नभएसम्म आयात गर्ने अवस्था छैन । बजेट सार्वजनिक भएको भोलिपल्टबाटै बाहिरी मुलुकबाट तरकारी आयात गर्न व्यापारीले नमानेको श्रेष्ठको भनाइ छ । नेपालमा वार्षिक ४० अर्बको तरकारी र २२ अर्ब रुपैयाँको फलफूल आयात हुने गरेको छ । सरकारले आयात प्रतिस्थापन गर्ने नीति लिए पनि पूर्वतयारी गरेको छैन । आन्तरिक उत्पादनले धान्न नसकेको अवस्थामा कृषिजन्य उपजमा मूल्य अभिवृद्धिकर लगाउँदा उपभोक्ताको ढाड सेक्ने काम मात्र भएको जानकारहरूको भनाइ छ । उनीहरूका अनुसार राजस्व बढाउने नीति लिएर सरकारले तरकारी र फलफूलमा कर लगाएपछि त्यसको असर उपभोक्ताको भान्छामै परेको छ ।  अर्थ मन्त्रालयका अनुसार त्यस्ता वस्तुमा भ्याट लगाउने घोषणा भए पनि सबै वस्तुको न्यूनतम सीमा निर्धारण गरिएको छ । अर्थका अनुसार ५० लाख रुपैयाँभन्दा बढीको आयातमा मूल्य अभिवृद्धिकर लगाएको हो, उक्त सीमाभन्दा कम आयात गर्नेले भ्याट तिर्नु पर्दैन । सरकारले भ्याट नियमावली, २०५३ अनुसार वस्तुको हकमा ५० लाख रुपैयाँसम्म र सेवाको हकमा २० लाख रुपैयाँ मूल्य अभिवृद्धिकरको सीमा तोकिएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

युक्रेनी प्रतिरक्षा शक्तिको अर्थ

एक वर्ष नाघिसक्दा पनि रुस तथा युक्रेन युद्ध टुंगो लाग्ने लक्षण देखा परेको छैन । यसबीच विभिन्न चरणमा मिन्स्क (बेलारुस) तथा इस्तानबुल (टर्की) मा भएका शान्ति वार्ता परिणामविहीन रहे ।

सिरियामा सालनालसहित उद्धार गरिएको शिशुलाई धर्मपुत्री बनाउन हजारौं प्रस्ताव

काठमाडौं । सोमबार टर्की र सिरियामा आएको भूकम्पमा पुरिएकी मृत आमासँग सालनालसँगै उद्धार गरिएकी शिशुलाई धर्मपुत्री बनाउन हजारौं प्रस्ताव आएका छन् । बिबिसीका अनुसार उद्धार गरिएकी बालिकाकाे नाम  आया राखिएको छ। आयाको अरबी भाषाको अर्थ चमत्कार हुन्छ । पुरिएको घरबाट उद्धार गरिएकी आयाको आमा र अरु परिवारका सदस्यहरुको भने ज्यान गएको छ । सिरियाको बिद्रोहीले […]

दशक लामो तनावपछि टर्की र प्यालेस्टाइनबीच कुटनीतिक सम्बन्ध पुनर्स्थापना

१ भदौ, अङ्कारा । टर्कीले एक दशक लामो तनावपछि इजरायलसँग कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्ने आफ्नो निर्णयको अर्थ प्यालेस्टाइनीलाई दिएको समर्थन त्याग्ने भन्ने नभएको बताएको छ । इजरायली प्रधानमन्त्री याइर लापिडले राजदूतहरूको पुनःनियुक्तिसहित पूर्ण कूटनीतिक सम्बन्ध पुनः सुरु गर्ने घोषणा गरे लगत्तै विदेशमन्त्री मेभलुत कावुसोग्लुको यो प्रतिक्रिया आएको हो । कावुसोग्लुले यो निर्णयले अधिकांश मुस्लिम, तर […]

टर्कीमा २४ वर्षयताकै उच्च मूल्यवृद्धि, खाद्यान्नको भाउ ९४ प्रतिशतले बढ्यो

टर्कीमा २४ वर्षयताकै धेरै महँगी भएको छ । टर्की सरकारको तथ्याङ्क विभागका अनुसार गएको जुन महिनामा मूल्यवृद्धि ७८ दशमलव ६२ प्रतिशत पुगेको छ । यो २४ वर्षयताकै उच्च मूल्यवृद्धि हो । सन् १९९८ मा टर्कीमा ८० प्रतिशत मूल्यवृद्धि भएको थियो । गएको जुन महिनामा वस्तु हेरेर शून्य दशमलव आठ प्रतिशतदेखि १६ दशमलव ५१ प्रतिशतसम्म भाउ बढेको समाचार संस्था रोयटर्सले जनाएको छ । गएको मे महिनामा टर्कीका अर्थ मन्त्री नरेद्दिन नेबातीले महँगी अब घट्ने बताए पनि त्यति बेला ७३ प्रतिशत रहेको मूल्यवृद्धि ७८ प्रतिशतभन्दा माथि पुगेको छ । टर्कीमा खाद्यान्न...

टर्कीको नाम परिवर्तन

टर्कीले आफ्नो नाम बदलेर तुर्किए राखेको छ । संयुक्त राष्ट्रसंघले सो मुलुकको नाम परिवर्तनको अनुरोध स्वीकार गरेपछि अब उसको औपचारिक नाम तुर्किए हुनेछ ।  यो कदम चाल्नुको मुख्य कारण ‘टर्की’ नाम एक प्रजातिको चरासँग जोडिने र अंग्रेजीमा टर्कीको अर्थ पनि त्यति राम्रो नहुनु रहेको बताइएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानको गत वर्षदेखि नै देशको नाम रिब्रान्डिङ अभियान सुरु गरेका थिए ।  सन् १९२३ मा अटोमन साम्राज्य टुक्रिएपछि बचेको वर्तमान टर्कीले उसको नाम तुर्किए नै राखेको

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण : यस्ता छन् नेपालका एजेन्डा

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको आसन्न नेपाल भ्रमणका बेला नेपालले चीनको बेल्ड एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनादेखि पारवहनसम्मका एजेन्डालाई जोडतोडले उठाउने तयारी गरेको छ । अर्थ, गृह, पर्यटन, कृषि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा राष्ट्रिय योजना आयोगसँग समन्वय गरी भ्रमणको एजेन्डा तय गर्न लागिएको हो । अर्थ मन्त्रालयका अनुसार चिनियाँ विदेशमन्त्रीको भ्रमणमा चीनले अघि बढाएको बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) अन्तर्गतका परियोजना कार्यान्वयनका लागि नेपालले तयार पारेको योजनाबारे छलफल गर्ने तयारी छ । नेपालले बीआरआई सम्झौतामा हस्ताक्षर गरेको ५ वर्ष भइसकेको छ । तर, अहिलेसम्म बीआरआईअन्तर्गत कस्ता परियोजना सञ्चालन गर्ने भन्ने टुंगो लागेको छैन । नेपाल सरकारले बीआरआईअन्तर्गत सडक निर्माण, स्तरोन्नति, केरूङ–काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययन, जलविद्युत्को परियोजना प्रस्ताव अगाडि बढाएको छ । तर, दुईपक्षीय रूपमै यी आयोजना कहिले कसरी अगाडि बढाउने भन्ने समझदारी भएको छैन । २०७६ असोज २५ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा पनि नेपाल र चीनबीच यातायात सञ्जालसम्बन्धी भौतिक पूर्वाधार, कृषि जलविद्युत्, शिक्षा स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा १८ ओटा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । तर, ती सम्झौता र समझदारीलाई अगाडि बढाउन दुवै पक्षबाट प्रभावकारी पहल नभएका बेला यी मुद्दालाई जोडतोडले उठाउने गरी सरकारी निकायहरूले तीव्र तयारी गरेका छन् । चिनियाँ विदेशमन्त्रीको भ्रमणमा उठाउनुपर्ने एजेन्डाबारे अर्थले प्रारम्भिक खाका बनाई परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ । अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङको साढे २ वर्षअघि सम्पन्न नेपालको राजकीय भ्रमणमा घोषणा भएको ५६ अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग कार्यान्वयनबारे पनि यो भ्रमणमा कुराकानी हुनेछ । २०७६ असोज २५ मा दुईदिने राजकीय भ्रमणमा काठमाडौं उत्रिएका सीले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको औपचारिक भेटवार्तामा उक्त अनुदान सहायता घोषणा गरेका थिए । उक्त अनुदान सहयोग कार्यान्वयनका लागि सहयोग सम्झौतामा हस्ताक्षर हुनुपर्ने हुन्छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि उक्त सहयोग रकम खर्चिने नेपाल सरकारको सोचअनुसार यो एजेन्डा प्रस्तुत गर्ने तयारी छ । भ्रमणमा नेपालले नेपाली वस्तुको चीनमा सहज पहुँचका लागि आग्रह गर्नेछ । कोरोना महामारीका कारण ठप्प रसुवागढी र तातोपानी नाकाबाट अझै पनि नेपालले चीनतर्फ सामान निर्यात गर्न सहज परिस्थिति बनेको छैन । चीनबाट नेपालतर्फको आयात पनि सहज हुन सकेको छैन जसका कारण चीनबाट सामान आयात गर्ने व्यवसायीले सास्ती बेहोरिरहेका छन् ।  नेपालको चीनतर्फको बढ्दो व्यापारघाटा लगायत आर्थिक विषयमा पनि भ्रमणमा छलफल हुनेछ । चिनियाँ विदेशमन्त्रीको भ्रमणमा दुई देशबीच केही समझदारीपत्रमा हस्ताक्षरको तयारी पनि गरिएको छ । एउटा समझदारी पत्र कृषिक्षेत्रमा दुई देशबीचको सहकार्य सम्बन्धमा छ । सरकारले चिनियाँ विदेशमन्त्री वाङ यीको आसन्न नेपाल भ्रमणको तयारी गरेसँगै चीनसँग कूटनीतिक तहमा विषय सुल्झाउनुपर्ने विषयहरूको खाका परराष्ट्र मन्त्रालयले बनाइरहेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालले दुईदेशीय सम्बन्धदेखि व्यापारीक साझेदारीका विषयसम्मका एजेन्डालाई प्रस्तुत गर्नेगरी गृहकार्य तीव्र पारिएको बताइन् । उनका अनुसार चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण चैतको दोस्रो सातासम्ममा हुने सम्भावना बलियो छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भ्रमणको मितिका विषयमा छलफल तीव्र पारेको नेपालका लागि चिनियाँ दूतावासका एक उच्च अधिकारीले बताए । ‘विदेशमन्त्रीको भ्रमण चैतको पहिलोदेखि दोस्रो साताभित्र गर्नका लागि कूटनीतिक प्रक्रिया अघि बढिसकेको छ,’ दूतावास स्रोतले भन्यो । भ्रमणबारे जानकार परराष्ट्रका एक उच्च अधिकारीका अनुसार चैत १२ वा १३ गतेका दिन विदेशमन्त्री वाङ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आइपुग्नेछ । चिनियाँ विदेशमन्त्रीको टोलीमा आधा दर्जन सहायकस्तरका चिनियाँ सरकारी अधिकारी रहने प्रारम्भिक जानकारी आएको परराष्ट्र स्रोतको भनाइ छ । गत मंगलवार टर्की भ्रमणमा उड्नुअघि परराष्ट्रमन्त्री खड्काले विभिन्न मन्त्रालयका उच्च कर्मचारीलाई डाकेर चिनियाँ विदेशमन्त्रीको भ्रमणको तयारी गर्न निर्देशन दिएका थिए । त्यसको १ दिनअघि सोमवार नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले परराष्ट्रमन्त्री खड्कासँग टेलिफोन संवाद गरी चिनियाँ विदेशमन्त्री वाङको भ्रमण तयारीबारे कुराकानी गरेकी थिइन् । यस्तै गत शुक्रवार चिनियाँ राजदूतले गृहमन्त्री बालकृष्ण खाणसँग भेटेर विदेशमन्त्री वाङको आसन्न नेपाल भ्रमणबारे कुराकानी गरेकी थिइन् । चिनियाँ विदेशमन्त्री वाङ यीको आसन्न नेपाल भ्रमणका बेला नेपालले बीआरआईदेखि नाकालाई सहज बनाउनेसम्मका एजेन्डलाई प्रस्तुत गर्नुपर्ने विज्ञ तथा निजीक्षेत्रका प्रतिनिधीहरूको जोड छ । चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणबारे विज्ञहरू के भन्छन् ? २०१३ बाट बीआरआई शुरू भयो । २०१५ मा नेपालमा नाकाबन्दी लाग्यो । त्यो बेला नेपालले भाग लियो । त्यसपछि चारओटा बन्दरगाहहरू उपयोगमा ल्याउन पाउने, सडकहरू विस्तार गर्ने, इन्धन ल्याउनेसहित अरू सुविधा पाउनेबारे पनि छलफल भयो र १३/१४ ओटा नाकामध्ये प्रमुख नाकाहरू खोल्ने र सडक सञ्जालसँग जोड्ने पाटो बीआरआईको हुनेछ भन्ने कुराकानी भयो । तर, बितेको ७ वर्षसम्म कुनै प्रगति देखिएन । यसै मुद्दालाई नेपालले जोडतोडले उठाउन सक्नुपर्छ । हरि रोक्का अर्थ–राजनीतिक विश्लेषक चीनतर्फका नाकाबाट हुने आयातनिर्यातमा अवरोध हुँदा व्यापारीहरूले धेरै दु:ख पाएको अवस्था छ । निजीक्षेत्रको एउटै माग उत्तरतर्फका नाका सहज गर्न सरकारले विशेष पहल गर्नुपर्छ । अन्य चिनियाँ सहयोग लिनुपर्ने भए देशहितलाई ध्यानमा राखेर सरकारले अध्ययन गरी चिनियाँ विदेशमन्त्रीसमक्ष प्रस्ताव राख्नुपर्छ । राजेन्द्र मल्ल अध्यक्ष, नेपाल चेम्बर अफ कमर्श नेपाल र चीनका बीचमा अत्यन्तै ठूलो व्यापारघाटाको खाडल छ । नेपालबाट निर्यात शून्य छ जबकि आयातमा चीन नेपालको भारतपछिको दोस्रो ठूलो मुलुक हो । यसरी व्यापारघाटा असन्तुलित छ, यो मुद्दालाई नेपाल सरकारले उठाउनुपर्छ । पारवाहन मार्गको उपयोग गर्नेबारे सही त भयो तर पारवाहन मार्गको उपयोग गर्ने कसरी हुन्छ भन्ने थाहा छैन । पारवाहनलाई प्रयोगमा ल्याउने एजेन्डा उठाउनुपर्छ । पुरुषोत्तम ओझा पूर्ववाणिज्य सचिव नेपाल र चीनका बीचमा अत्यन्तै ठूलो व्यापारघाटाको खाडल छ, नेपालबाट निर्यात शून्य छ जबकि आयातमा चीन नेपालको भारतपछिको दोस्रो ठूलो मुलुक हो । यसरी व्यापारघाटा असन्तुलित छ, यो मुद्दालाई नेपाल सरकारले उठाउनुपर्छ । पारवाहन मार्गको उपयोग गर्नेबारे सही त भयो तर पारवाहन मार्गको उपयोग गर्ने कसरी हुन्छ भन्ने थाहा छैन । पारवाहनलाई प्रयोगमा ल्याउने एजेन्डा उठाउनुपर्छ ।

विश्वकप छनोट प्लेअफमा इटाली र पोर्चुगल एउटै समूहमा

फिफा विश्वकपका लागि युरोपियन प्लेअफको ड्र सार्वजानिक भएको छ। प्लेअफमा धकेलिएका १२ टिमलाई तीन समूहमा विभाजन गरी सेमिफाइनलबाट खेल खेलाइने छ। प्रतियोगिता मार्च २४ देखि २९ सम्म हुनेछ।क्रिश्टियानो रोनाल्डोको पोर्चुगल र युरो च्याम्पियन इटाली एकै समूहमा रहेका छन्। सेमिफाइनलमा पोर्चुगल र टर्की भिड्दा अर्को खेलमा इटाली र नर्दन मेसोडोनियाले प्रतिस्पर्धा गर्ने छन्। सेमिफाइनलमा पोर्चुगल र इटालीले आ-आफ्नो खेलमा जित निकालेमा फाइनलमा यी दुईबीच प्रतिस्पर्धा हुनेछ।यसको अर्थ पोर्चुगल र इटालीमध्ये एक टीमले विश्वकप

इटली भर्सेस टर्की : प्लेयर टु वाच

‘हाम्रो टिमसँगै धेरै अनुभव छ र हामी सबैसँग भिड्न सक्छौं । हामीसँग रोमेलु लुकाकु वा क्रिष्टियानो रोनाल्डो छैनन् । हाम्रो शक्ति नै टिम हो,’ इटलीका भेट्रान डिफेन्डर लियोनार्दो बनुचीले टर्कीविरुद्धको युरोकपको उद्घाटन खेलअघि दिएको प्रतिक्रिया हो, यो । खासमा इटलीको टोलीमा यसपटक स्टार खेलाडी छैनन् । तर यसको अर्थ उत्कृष्ट प्रतिभा छैनन भन्नु गलत हुनेछ किनकी सन् २०१८ यता खेलेका २७ खेलमा इटली अपराजित छ । इटलीसँग प्रतिस्पर्धा गर्न लागेको टर्की भने युवा खेलाडीहरूले भरिएको छ । जेकी चेलिक