काठमाडौं । अमेरिकी विदेश विभागले अमेरिका र युक्रेनी वार्ताकारहरूले दुई दिनभन्दा बढी समयसम्म भेटेर सुरक्षा व्यवस्थाको ढाँचामा सहमति जनाएका बताएको छ । दुई दिनभन्दा बढी समयसम्म, शान्तिका लागि विशेष दुत स्टीवन विटकोफ र जारेड कुशनरले युक्रेनमा दिगो र न्यायपूर्ण शान्तितर्फ विश्वसनीय मार्ग अगाडि बढाउन रचनात्मक छलफलका लागि राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव रुस्टेम उमरोभ […]
काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु भएको छ । सूर्यविनायक–धुलिखेल सडकअन्तर्गत साँगा–धुलिखेल खण्ड विस्तारका क्रममा पुलबजार क्षेत्रमा मध्यविन्दुलाई लिएर सडक किनारका जग्गाधनीले काम हुन नदिएपछि डेढ वर्षदेखि स्तरोन्नति रोकिएको थियो । सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोका अनुसार साँगा–धुलिखेल खण्डमा ६० र सूर्यविनायक–साँगा खण्डमा ४५ प्रतिशत काम पूरा भएको छ । […]
काठमाडौं । टर्किएको दक्षिणपूर्वी ओस्मानिया प्रान्तको मुख्य राजमार्गमा शनिवार एक यात्रु बसले रोकिएको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ । अन्य ११ जना घाइते भएका छन् । बाहचे जिल्ला नजिकै दुर्घटना भएको थियो । जसको टायर प्वाल परेको थियो र सडक यातायातको लागि बन्द गरिएको उल्लेख गरिएको छ । ट्रक चालकलाई हिरासतमा […]