नयाँ बानेश्वरमा एक पुरुष मृत भेटिए

काठमाडौंः काठमाडौंको नयाँ बानेश्वरमा एक पुरुष मृत भेटिएका छन्। काठमाण्डौ महानगरपालिका-३१ बानेश्वर क्याम्पस अगाडि सडकमा रामेछाप दोरम्बा गाउँपालिका-९ घर भई हाल सोही क्याम्पस नजिक तरकारी बजार छेउ छाप्रोमा बस्ने ६१ वर्षीय धन बहादुर  शनिबार मृत अवस्थामा फेला परेका हुन्।  घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।