छ वर्ष पछि एकसिङ्गे गैँडा गणना शुरु

संकटापन्न सूचिमा रहेको एकसिङ्गे गैँडाको अवस्था पहिचानका लागि आज(सोमवार)बाट गैँडा गणना शुरु भएको छ । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणको त्रासले गत वर्ष रोकिएको गैँडा गणना यस बर्ष गरिन लागेको हो । यस वर्षको गैँडा गणनाको शुरु पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुर क्षेत्रदेखि शुरु गरिने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ वरालले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

गैँडा गणनाकाे छैटौँ संस्करणमा सात सय गैँडा पुग्ने अनुमान

विश्वमै दुर्लभ मानिएको एक सिङ्गे गैँडाको राष्ट्रिय गणनाका छैठाँै संस्करण सोमबारबाट सुरु भएको छ । यसअघि सन् २०१५ मा राष्ट्रिय तहमा गैँडा गणना भएको थियो । गत वर्ष सबै तयारी पूरा भएर पनि कोभिड १९ का कारणले स्थगित भएको गणना यो वर्ष सुरु भएको छ । एकसिङ्गे गैँडा पाइने चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गर्दा झण्डै एक महिना लाग्ने भएको छ । सन् १९९४ मा पहिलो पटक, सन् २००० मा दोस्रो पटक, सन् २००८ मा तेस्रो पटक, सन् २०११ मा चौथो पटक र सन् २०१५ मा पाँचौ राष्ट्रिय गैँडा गणना गरिएको थियो । हुन त नेपालमा सन् १९५० देखि नै केही सिमित निकुञ्जभित्रका गैँडा गणना गरिँदै आएको हो तर राष्ट्रिय स्तरमा पहिलो पटक सन् १९९४ बाट सुरु गरिएको हो ।