गाउँपालिका महासंघ र नगरपालिका संघले भोलि सिंहदरबार घेर्ने

पाल्पा : गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघ आन्दोलित भएका छन्। समानीकरण अनुदानको चौथो किस्ताको ५० प्रतिशत रकम कटौती गर्ने सरकारको निर्णयविरुद्ध महासंघ र संघ आन्दोलनमा उत्रिएका हुन्। महासंघका केन्द्रीय महासचिव खिमबहादुर थापाका अनुसार निर्णय  फिर्ता लिन बिहीबारसम्मको ‘अल्टिमेटम’ दिइएको छ। मागप्रति सरकारले वेवास्ता गरे  शुक्रबार सिंहदरबार घेर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए।गत वैशाख १२ गते सरकारले प्रदेश र स्थानीय तहमा पठाउनुपर्ने वित्त