राष्ट्रपति कार्यालयबाट विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई शीतलनिवासबाट एक्कासी फोन आयो र काठमाडौं बोलाइयो । अप्रत्याशित फोनले पराजुलीलाई झस्कायो । चुनावको मुखमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट के भन्नलाई बोलाइएको हो भन्ने विषयमा उनलाई खुल्दुली भइरह्यो । दुई हप्ता अगाडि निम्तो मान्न मेयर पराजुली राष्ट्रपति कार्यालयमा हाजिर भए । उनी शीतलनिवासमा पराजुली पुग्दा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेल पनि त्यहीँ भेटिए । यसले झनै पराजुलीलाई झस्कायो । एमाले अध्यक्षलाई समेत राखेर राष्ट्रपतिब