कारागार विधेयक: ६ महिना पुगेकी गर्भवती कैदीले जेल बस्न नपर्ने, बन्दीलाई प्रजनन अधिकार

बन्दीलाई प्रजनन अधिकारसँगै गर्भवती महिलालाई ५ महिना कारागारबाहिर बस्न पाउने व्यवस्थासहितको कारागार विधेयक, २०७८ प्रतिनिधिसभाले सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले पति वा पत्नी जेल परेको अवस्थामा सन्तान सुखबाट दम्पती वञ्चित नहोउन् भन्ने ठहरसहित बन्दीलाई प्रजनन अधिकार सुनिश्चित गरेको विधेयक पारित गरेको हो । विधेयकमा बन्दीका मौलिक र मानवअधिकारका साथै जेललाई सुधार गृह बनाउने उद्देश्य राखिएको छ ।