नयाँ कम्पनी दर्ता घट्यो, निजीक्षेत्रका लगानीकर्ताको मनोबल खस्किएकै हो ?

काठमाडौं । आर्थिक गतिविधिमा आएको शिथिलताले निजीक्षेत्रका लगानीकर्ताको मनोबल खस्काएको पाइएको छ । पछिल्ला दुई वर्ष लगातार बढेको नयाँ कम्पनी दर्ता चालू आर्थिक वर्षमा उल्लेख्य घटेको तथ्यांकले उद्यमी एवं लगानीकर्ताको मनोबल खस्किएको संकेत गरेको हो । चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा कम्पनी दर्ता संख्या गत वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले घटेको हो । लगानीकर्ताको मनोबल खस्किएको, नयाँ योजना बनाए पनि लगानी गर्न पर्ख र हेरको अवस्थामा रहेको व्यवसायीले बताएका छन् । पब्लिक, प्राइभेट कम्पनी दर्ता गर्ने सरकारी अड्डा कम्पनी रजिस्ट्रारको कार्यालयमा चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा १५ हजार १८७ नयाँ कम्पनी दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षको फागुनसम्ममा २१ हजार ९०२ ओटा नयाँ कम्पनी दर्ता  भएका थिए ।  आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्लो १० वर्षमा आर्थिक वर्ष २०७०/७१ देखि बढ्दै आएको नयाँ कम्पनी दर्ता आर्थिक वर्ष २०७६/७७ मा भने अघिल्लो वर्षको तुलनामा घटेको थियो । त्यसपछिका दुई वर्ष बढेको कम्पनी दर्ता चालू आर्थिक वर्षमा घटेको हो । कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीले यो वर्ष कामको चाप घटेको बताएका छन् ।  कम्पनी रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार महेश बरालले यो वर्ष कम्पनी दर्तामा कमी आएको बताए । ‘कार्यालयमा हुने भिडभाड घटेको छ । दर्ता कम हुँदा त्यसपछि हुने काममा पनि स्वत: कमी आएको छ,’ बरालले भने, ‘अहिलेको अर्थतन्त्रको अवस्थाले गर्दा होला नयाँ कम्पनी दर्ताका लागि उत्साह देखिएको छैन ।’  राष्ट्रिय तथ्यांक कार्यालयले वैशाख तेस्रो साता सार्वजनिक गरेको तथ्यांकले समेत अर्थतन्त्रका क्षेत्रमध्ये पाँचओटा (खानी तथा उत्खनन्, उद्योग, निर्माण, व्यापार, यातायात तथा गोदाम) को वृद्धिदर ऋणात्मक भएको  देखाएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयका अर्का एक कर्मचारीले भने, ‘दर्ताका साथै अद्यावधिक गर्ने कार्य पनि घटेको छ भने शेयर लगतको काम ९० प्रतिशतले कम भएको छ ।’ कम्पनी दर्ता गर्दा निश्चित रकम प्रस्ताव गरिएको हुन्छ । त्यो प्रस्तावित रकम शेयर लगत गर्दा भने बैंकमा जम्मा गरेको देखिनुपर्छ । अहिले व्यवसायीहरूसँग पैसा नै नभएर शेयर लगतको काम गर्न कार्यालयमा नआएको अनुमान ती कर्मचारीले गरे । बहुसंख्यक लगानीकर्ताले नयाँ कम्पनी दर्ता, लगानी विस्तारलगायत काम रोकेका छन् । ‘व्यवसायीले नयाँ कम्पनी दर्ता गर्ने, थप क्षेत्रमा लगानी विस्तार एकल पूँजीले मात्रै सम्भव छैन,’ एकजना व्यवसायीले भने, ‘एकाध व्यवसायीले सक्लान् तर बहुसंख्यकले बैंकबाटै ७० प्रतिशतसम्म ऋण लिएर व्यवसाय गर्ने हो ।’ तर, अहिलेको परिस्थिति तथा सरकारले व्यवसायीको मनोबल बढाउने गरी काम नगरेको हुँदा लगानीकर्ताहरू नयाँ कम्पनी, नयाँ लगानीका लागि इच्छुक  नभएको उनले बताए । कृषि, स्वास्थ्य जस्ता क्षेत्रमा नयाँ लगानी तथा कम्पनी खोल्नका लागि गरिएका अध्ययनको फाइल अहिले यत्तिकै थन्किएको भन्दै ती व्यवसायीले भने, ‘बैंकले ऋण दिँदैन, दिए पनि दोहोरो अंकमा ब्याज छ । बजारमा सामान विक्री हुँदैन । यो बेला नयाँ कम्पनीभन्दा पनि भएकै  व्यवसायलाई टिकाइराख्ने ध्याउन्नमा व्यवसायी छन् ।’ यो अवस्थामा कम्पनी दर्ता गरेर शुल्क तिर्ने, कम्पनी रजिस्ट्रारमा धाउने काम किन गर्ने भनेर व्यवसायीहरू ‘पर्ख र हेरको’ अवस्थामा रहेको उनले बताए । आर्थिक सर्वेक्षणअनुसार २०७५/७६ मा कम्पनी दर्ता २५ हजार ५०० रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा घटेको देखिन्छ । त्यसयताका दुई वर्षमा दर्ता संख्या बढेको देखिन्छ । कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार हालसम्म प्राइभेट र पब्लिक कम्पनी गरेर ३ लाख ७ हजार ४३५ कम्पनी दर्ता छन् ।

सम्बन्धित सामग्री

अब निःशुल्क कम्पनी दर्ता गर्न पाईने

काठमाडौं, ९ असोज । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि निःशुल्क कम्पनी दर्ता गर्न सकिने व्यवस्था गरेको छ । आर्थिक ऐन २०८० को दफा १८ मा भएको व्यवस्था बमोजिम मन्त्रालयले हिजो (सोमबार) राजपत्रमा सूचना प्रकाशित गरेपछि यो निमय लागू भएको हो । आजदेखि कम्पनी ऐन २०६३ को दफा ५ बमोजिम पाइभेट लिमिटेड कम्पनी, पब्लिक लिमिटेड […]

कार्यान्वयनमा आयो निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था

८ असोज, काठमाडौं । सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आएको छ । चालु आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले १५ जेठमा गरेको घोषणा झण्डै चार महिनापछि सोमबारदेखि कार्यान्वयनमा आएको हो । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै कम्पनी दर्ता र पूँजी वृद्धि […]

बिनाशुल्क कम्पनी दर्ता कहिले ?

काठमाडौं– सरकारले कम्पनी दर्ता वा पुँजी बढाउने काम गर्दा कुनै शुल्क नलाग्ने गरेको घोषणा अझै लागु भएको छैन ।चालु आर्थिक वर्षको साउन सुरुमै बसेको मन्त्रिपरिषद् बैठकले नयाँ कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले गरेको उक्त निर्णय कार्यान्वयन तहमा आउन दुई महिनाभन्दा बढी समय लागेको […]

१५ असोजदेखि कम्पनी दर्ता अनलाइनबाटै

२५ भदौ, काठमाडौं । कम्पनी दर्ता सम्बन्धी सबै काम १५ असोजदेखि अनलाइनबाटै हुने भएको छ । कम्पनी दर्ता, नवीकरण जस्ता सेवा अनलाइनबाटै दिने घोषणा सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत गरेको थियो । बजेट लगत्तै सुरु भएको सफ्टवेर निर्माणले एक खालको आकार पाएपछि १५ असोजदेखि कम्पनी दर्ताको काम अनलाइनबाट थालनी गर्न लागिएको कम्पनी रजिष्ट्रार महेश बरालले […]

कानुनी उल्झनमा फस्यो निःशुल्क कम्पनी दर्ता र नवीकरणको घोषणा

८ भदौ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले १५ जेठमा बजेटमार्फत गरेको ‘एक सय रुपैयाँ अधिकृत पूँजीमै कम्पनी दर्ता र नयाँ कम्पनी दर्ता/नवीकरणमा सबै प्रकारका दस्तुर मिनाहा’ को घोषणा कार्यान्वयनमा उल्झन देखा परेको छ । बजेटको घोषणाअनुसार साउन १ बाटै कार्यान्वयन हुनुपर्ने थियो । यो नीतिले व्यवसायको वातावरण बनाउने तथा उद्यमशीलता प्रवद्र्धन हुने भनेर सरकारको […]

कम्पनी दर्ता र पुँजी वृद्धिमा छुट

सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जन सम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्री शर्माका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा यो छुट […]

लागु भएन निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको घोषणा

२ साउन, काठमाडौं । सरकारले राजपत्र सच्याउन नसक्दा निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको सरकारी घोषणा कार्यन्वयन प्रभवित भएको छ । आर्थिक वर्ष २०८०÷८१ को बजेटमार्फत सरकारले नयाँ कम्पनी दर्ता र कम्पनीमा पूँजी वृद्धि निःशुल्क गर्ने घोषणा गरेको थियो । साउन एक गतेदेखि नै सो घोषणा कार्यन्वयनमा जानु पर्नेमा यस सम्बन्धी राजपत्रको सूचना संशोधन नहुँदा […]

कोभिडपछि कम्पनी दर्ता गर्ने क्रम वृद्धि, एक वर्षमा २९ हजार थपिए

१६ असोज, काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीयता कम्पनी दर्ता गर्ने क्रम बढेको पाइएको छ । अर्थ मन्त्रालयले अध्यावधिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा मात्र २८ हजार ९५७ वटा नयाँ कम्पनी दर्ता भएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा ९.३ प्रतिशतले धेरै हो । आव ०७७/७८ मा २६ हजार […]

कोभिडपछि कम्पनी दर्ता गर्ने क्रम वृद्धि, एक वर्षमा २९ हजार कम्पनी थप

१७ असोज, काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीयता कम्पनी दर्ता गर्ने क्रम बढेको पाइएको छ । कम्पनी रजिष्टारको कार्यालयलाई उदृत गर्दै अर्थ मन्त्रालयले अध्यावधिक गरेको तथ्यांक अनुसार यस्तो पाइएको हो । यसबीचमा सरकारले ल्याएका कतिपय छूट तथा सहुलियत प्राप्त गर्न कम्पनी दर्ता अनिवार्य गरिएका कारण समेत यस्तो ट्रेण्ड देखिएको हो । मन्त्रालयका अनुसार आर्थिक वर्ष […]

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न कम्पनी दर्ता

सरकारले १२ सय मेगावाटको जलायशयुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न बुढीगण्डकी जलविद्युत् पब्लिक लिमिटेड कम्पनी दर्ता गरेको छ।...