अमेरिकी सांसद ज्याकी वालोर्स्कीको कार दुर्घटनामा निधन

अमेरिकी सांसद ज्याकी वालोर्स्कीको बुधबार कार दुर्घटनामा मृत्यु भएको छ । ५८ वर्षकी वालोर्स्की इण्डियाना राज्यको सेकेण्ड डिस्ट्रिक्टबाट अमेरिकी संसदको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रिपब्लिकन सांसद हुन् । उनको साथमा रहेका अन्य २ जना सहयोगीहरुको पनि दुर्घटनामा निधन भएको छ । वालोर्स्कीको मृत्युबारे एल्कर्ट काउन्टी शेरिफको कार्यालयले परिवारलाई जानकारी दिएको थियो । उनी आफ्नो प्रभु र […]