उद्योग वाणिज्य महासंघ र स्कूल अफ म्यानेजमेन्टले सहकार्य गर्ने

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टले संस्थागत सहकार्य गर्ने भएका छन् । दुवै संस्था इन्डष्ट्रि एकेडेमी मञ्च गठन गरी सहकार्य गर्न सहमत भएका हुन् ।महासंघको वस्तुगत परिषद् र म्यानेजमेन्टले आइतबार महासंघ सचिवालयमा आयोजना गरेको छलफल कार्यक्रममा उक्त प्रतिबद्धता व्यक्त भएको हो । कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले भने, ‘हामी सहकार्य गर्न तयार छौं । इन्डष्ट्री अकेडेमिया गठन गरी सहकार्य गर्ने कुरामा हाम्रो सहमति छ ।’ महासंघ र त्रिविब

सम्बन्धित सामग्री

जनशक्ति विकासका लागि एफएनसीसीआई र त्रिवि स्कूल अफ म्यानेजमेन्टबीच सम्झौता

काठमाडौं । जनशक्ति विकासका लागि नेपाल उद्योग वाणिज्य महासंघ र त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (सोमटु)ले सहकार्य गर्ने भएका छन् । यससम्बन्धी संस्थागत सहकार्यका लागि ‘इण्डष्ट्री अकेडेमिया मञ्च’ गठन गर्न दुवै संस्थाबीच सम्झौता भएको छ । आइतवार महासंघको वस्तुुगत परिषद् र सोमटुुद्वारा महासंघ सचिवालयमा संयुक्त रूपमा आयोजित कार्यक्रममा यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो । महासंघले साना तथा मझौला उद्योग नेपाल जस्ता अभियानलाई विशेष प्राथमिकता दिएको अवस्थामा जनशक्ति विकासमा त्रिविबाट ठूलो सहयोग हुन सक्ने महासंघका अध्यक्ष शेखर गोल्छाले बताएका छन् । यसका लागि दुवै संस्थाबीच एउटा स्थायी खालको संरचना नै तयार गर्नुपर्नेमा उनले जोड दिए । ‘वास्तवमा यो दुईओटा यस्तो क्षेत्र हो, जसबीच बलियो सहकार्य भए मात्र मुुुलुुकले देखेको समृद्धिको सपना साकार पार्न सकिन्छ,’ उनले भने । उक्त अवसरमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डीन दिनेशमणि घिमिरे र विश्वविद्यालय अनुुदान आयोगका पूर्वसदस्य सचिव एवं व्यवस्थापन संकायका पूर्वडीन प्राडा देवराज अधिकारीले नेपालको आर्थिक विकासमा निजीक्षेत्रको प्रयासमा प्राज्ञिक क्षेत्रबाट सहयोग गर्न विश्वविद्यालय तयार रहेको बताएका थिए । यस कार्यमा महासंघसँग सहकार्य हुने प्रतिबद्धता समेत उनीहरूले व्यक्त गरेका छन् । कार्यक्रममा सोमटुुले तयार गरेको नयाँ ‘कोर्स अफ स्टडी’का बारेमा व्यापक छलफल भई त्यसमा उद्यमी व्यवसायीहरूका तर्फबाट सल्लाह–सुुझाव समेत संकलन गरिएको थियो । कार्यक्रममा महासंघका तर्फबाट दक्ष र प्राविधिक जनशक्ति उत्पादन गर्ने, आफ्नो क्षेत्रमा नेतृत्व तयार गर्नेगरी शैक्षिक कोर्स संशोधन गर्नुपर्ने सुुझाव दिइएको थियो । महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले विश्वविद्यालयले दिने शिक्षा व्यवहारोपयोगी, मुुलुकको उद्योग व्यवसाय तथा शीप विकासमा केन्द्रित र उच्च प्राविधिक ज्ञान दिने खालको हुुनुुपर्ने सुुझाव दिए । वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष अञ्जन श्रेष्ठले विश्वविद्यालय र निजीक्षेत्रबीचको यस्तो सहकार्यले प्राज्ञिक क्षेत्र, उद्योग व्यवसाय क्षेत्र, समाज र सिंगो राष्ट्रले नै लाभ उठाउन सक्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सहायक प्राध्यापक डा. गंगाराम विश्वकर्मा, सहायक प्राध्यापक डा. ध्रुवलाल पाण्डे, सहायक प्राध्यापक डा. जितेन्द्र डंगोलले नयाँ कोर्स अफ स्टडीका बारेमा जानकारी गराएका थिए ।