सबै जिल्लाका सिडिओहरूलाई गृहमन्त्रीको निर्देशन : राहदानी वितरणमा सहजीकरण गर्नुस्

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले १५ दिनभित्र प्रगति विवरण पेस गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन्। सोमबार भर्चुअल संवाद गर्दै गृहमन्त्री लामिछानेले सेवा प्रवाहमा कार्यालयको आन्तरिक व्यवस्थापनबाटै गर्न सकिने सुधार एवं प्रक्रिया सरलीकरणका विषयहरू समावेश गरी १५ दिनभित्र सेवा प्रवाह सुधार कार्यान्वयन योजना पठाउन निर्देशन दिएका हुन्। ‘सेवा प्रवाहमा कार्यालयको आन्तरिक व्यवस्थापनबाटै गर्न सकिने तथा मेरो (मन्त्रीस्तरीय) वा सचिवस्तरीय