चुनौतीपूर्ण ‘मौन अवधि’: टार्गेट सीमान्तकृत

अबको दुईदिन पछि हुन लागेको स्थानीय तह निर्वाचन –२०७९ को लागि मौन अवधि सुरु हुँदै छ । धेरैले यो अवधिलाई खतरनाक अवधि पनि भन्ने गरेका छन् । कतिपयले यस अवधिलाई भोट खरिद विक्री तथा चलखेल अत्याधिक हुने अवधिको रुपमा पनि लिने गरेका छन् । कसै-कसैले त यो अवधिलाई ‘पासा’ पल्टाउने अवधिसम्म भन्ने गरेका छन् । नेपालमा भएका अधिकांश निर्वाचनमा मौन अवधिमै हुने चलखेलले परिणाम उलटपुलट पारेको कतिपयको भनाइ छ । निर्वाचन आयोगले यस अवधिमा प्रचारप्रसार गर्न नपाइने, भोट खरिद बिक्रीको चलखेल गर्न