प्रदेश २ मा आज ७ सय ३३ जनाले लगाए कोरोना भाइरसविरुद्धको खोप

जनकपुरधाम : प्रदेश २ मा कोरोना भाइरसविरुद्धको खोप अभियानको पहिलो दिन आज ७ सय ३३ जनाले खोप लगाएका छन्। बुधवार प्रदेशको ८ वटै जिल्लाका ९ केन्द्र र १४ बुथबाट ७ सय ३३ जनाले कोरोनाविरुद्धको खोप लिएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक एवं प्रवक्ता विजय कुमार झाले जानकारी दिए।…