लिलाम नहुँदा राजस्व गुम्दै

कपिलवस्तुलगायत देशभरका सरकारी र प्रहरी कार्यालयमा थन्किएका करोडौँ मूल्य बराबरका गाडी समयमै लिलाम बिक्री नहुँदा कवाडी अवस्थामा पुगेका छन्। चोरी तस्करीबाट बरामद गरिएका ती गाडीमध्ये अधिकांश मोटरसाइकल र केही जिप छन्। भारतसँगको खुला सीमाका कारण कपिलवस्तुमा मोटरसाइकल, ट्याक्टर, जिप, कारजस्ता यातायातका साधनको चोरी तस्करी हुने गर्दछ। प्रहरी कार्यालयमा रहेका गाडीमध्ये अधिकांश मोटरसाइकल चोरी तस्करीबाट बरामद गरिएका छन्। कार्यविधि अनुसार समयमै लिलाम बिक्री नहुँदा करोडौँ मूल्यका साधन अलपत्र छन्।

सम्बन्धित सामग्री

लिलामी नहुँदा कुहिँदै काठ

डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको मुख्य गेट छिर्नेबित्तिकै दुवै कुनातिर काठको थुप्रो देखिन्छ । यी काठ वन कार्यालयले विभिन्न समयमा बरामद गरेको हो । वर्षौंदेखि थुपारिएका काठ कुहिँदै गएका छन् । वन कार्यालयले समयमै लिलाम गर्न नसक्दा करोडौं राजस्व आउने काठ कामै नलाग्ने भएका हुन् ।

लिलाम नहुँदा अर्बौंको गाडी कुहिँदै

अर्बौं मूल्य बराबरका सयौं सवारी साधन गौर भन्सार कार्यालयको परिसर, भन्सार सुरक्षा गार्ड कार्यालय र वरपर त्यत्तिकै राखिएको छ। वर्षौंदेखि राखिएका र दिनानुदिन थपिँदै गएका सवारी साधनलाई समयमै विलाम गर अर्बौ राजस्व उठ्ने देखिन्छ।...

प्रतिबन्ध नखुल्दा लाखौँ घनफिट सालको काठ अलपत्र

करीब आठ महिनादेखि सालका काठ, दाउराको कटान, मुछान, बिक्री वितरण र ओसारपसारमा लगाइएको रोकावट अझै नखुल्दा लाखौँ घनफिट काठ अलपत्र परेको छ । सालको काठ आपूर्ति नहुँदा काठको चोरी तस्करी बढेको, विदेशी काठको आयात बढेको र वन पैदावारमा आधारित उद्योग तथा त्यसमा आश्रित मजदूर समस्यामा परेका छन् ।           वैज्ञानिक वन व्यवस्थापनका नाममा अनियमित तरिकाले काठ कटान भएको समाचार सार्वजनिक भएपछि सरकारले गत जेठ १५ गते मन्त्रिपरिषद्को निर्णयमार्फत रुख कटान सङ्कलन ढुवानी र ओसारपसारमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । आम गुनासोपछि सरकारले जेठ २८ गते सालबाहेकका अन्य प्रजाति काठको सङ्कलन ढुवानी खुलाउने निर्णय गर्दै डा नेत्रप्रसाद तिम्सिनाको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानविन समिति गठन गरेको थियो ।           यथास्थितिमा काठमाथि प्रतिबन्धपछि टेण्डर भइ लिलाम भइसकेका र राजस्व तिरिसकेका काठसमेत अलपत्र परेको यस क्षेत्रका व्यवसायीले गुनासो छ । मुलुकभर कहाँ कति काठ अलपत्र छ भन्ने एकीन तथ्याङ्क नभए पनि सबै प्रकारका गरी करीब एक करोड घनफिट काठमध्ये ३० प्रतिशत सालको काठ अझै यथास्थितिमा अलपत्र अवस्थामा रहेको नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घको भनाइ छ ।

मोटरसाइकल लिलाम नहुँदा राजस्व गुम्ने खतरा

इलाका प्रहरी कार्यालय बिर्तामो‌डको भवनवरिपरि खाली ठाउँ सबै बरामद गरिएका मोटरसाइकलले भरिएको छ। दिनहुँ मोटरसाइकल बरामद