पाल्पाको तिनाउ गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

काठमाण्डाै - पाल्पाको तिनाउ गाउँपालिकामा नेकपा एमाले निर्वाचित भएको छ । अध्यक्षमा एमालेका प्रेम श्रेष्ठ ५ हजार ९० मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका प्रतिष्पर्धी माओवादीको राजेश श्रेष्ठले ४ हजार ४४६ मत ल्याउनुभएको छ । उपाध्यक्षमा भने कांग्रेसका लालबहादुर थापा विजयी हुनुभयो । उहाँले ५ हजार ८२ मत पाउनुभयो भने एमालेकी सावित्रा राना गुरुङले ४ हजार ४६५ मत पाउनुभएको छ ।