गृह मन्त्रालयका महिला कर्मचारीलाई उपप्रधानमन्त्री श्रेष्ठले दिनुभयो तीजको शुभकामना

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वीय संस्कृतिमा मानव जीवनलाई सकारात्मक दिशा दिने कयौँ पक्ष भएको र तीज पर्वलाई पनि पितृसत्तात्मक विकृतिबाट मुक्त गर्दै सांस्कृतिक उत्साह तथा उत्सवका रूपमा मनाउनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा आयोजित तीज शुभकामना आदानप्रदान कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै उहाँले महिला कर्मचारीलाई तीजको शुभकामनासमेत दिनुभयो । तीज एक सामाजिक सांस्कृतिक पर्व भइसकेकाले …