सङ्घ र प्रदेशको चुनावको मिति चाँडै घोषणा हुन्छ : प्रधानमन्त्री देउवा

मकवानपुर – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घ र प्रदेश सभाको चुनावको मिति चाँडै नै घोषणा गरिने जानकारी दिनुभएको छ ।  नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको आज शुक्रवार हेटौँडामा उद्घाटन गर्नुहुँदै उहाँले सरकारले आम चुनावका लागि आवश्यक तयारी गरिरहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘सरकार चुनावको तयारीमा जुटिरहेको छ । चुनावलाई स्वच्छ, भयरहित र मर्यादित रूपमा सम्पन्न गराउने गरी कलम चलाइदिनुस् । निष्पक्ष पत्रकारिताले मात्रै देश र लोकतन्त्रलाई सुदृढ बनाउ...