सबै नागरिकलाई खोप उपलब्ध हुन्छ, तबसम्म सुरक्षित रहनुहोला : मन्त्री तामाङ

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोना विरुद्धको खोप सुनिश्चित गरिने भएकाले त्यस समयसम्म सुरक्षित रहन आग्रह गरेका छन् ।चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय सामुदायिक भवनमा जडित अक्सिजन प्लान्टको उद्घाटन र अनुगमनपछि मन्त्री तामाङले खोपको सुनिश्चितता नहुञ्जेलसम्म सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आग्रह ...

सम्बन्धित सामग्री

भारतमा एक अर्बभन्दा बढीलाई कोरोना विरुद्धको खोप लगाइयो

न्युदिल्ली । भारतमा एक अर्बभन्दा बढी मानिसलाई कोरोना विरुद्धको खोप लगाइएको छ । भारतका वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले एक अर्बभन्दा धेरै जनतालाई खोप लगाउन सफल हुनु ठुलो उपलब्धि भएको बताउँदै छिट्टै सबै नागरिकलाई खोप उपलब्ध गराइने जानकारी दिएका छन् ।  मन्त्री गोयलले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा उक्त अभियान सफल भएको बताउँदै...

गण्डकी प्रदेशमा असोजसम्म ८० % नागरिकलाई खोप लगाउँछौं : मन्त्री अधिकारी

साउन २६, बागलुङ  । गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले असोजसम्म ८० प्रतिशतलाई खोप लगाइने बताएकी छिन् । प्रदेश संगठन नेपाल बागलुङ शाखाले मंगलवार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले गण्डकी सरकारले असोजसम्म १८ वर्ष माथिका ८० प्रतिशत नागरिकलाई खोप लगाउने बताएकी हुन् । मन्त्री अधिकारीले संघीय सरकारले खोप उपलब्ध गराउने र गण्डकी प्रदेशले खोपको व्यवस्थापन गर्ने र सहजिकरण गर्ने काम गर्ने बताइन् । उनले खोपमा लापरबाही भएको र पहुँचवालाहरुले लगाएको भन्ने गुनासो आएको बताउँदै त्यसको नियमन भइरहेको र सबै सरोकारवालाहरुले पनि नियमन गर्नुपर्ने बताइन् । उनले लापरबाही गर्ने हरुलाई के कारबाही हुन्छ भन्न सक्ने अवस्था नरहेकोले खोपको मर्यादित, व्यवस्थित र सहजिकरण गर्ने कुरामा जनप्रतिनिधि, सरकार पक्ष, पत्रकार र सरोकारवाला सबैले सहयोग गर्नुपर्ने बताइन् । कोरोना महामारी नियन्त्रणको लागि सवै अस्पतालमा आइसोलेशन सेन्टर बनाउने, भेन्टिलेटरहरुको अवस्था के छ बुझ्ने र तेस्रो लहर आउने भनेकोले त्यसको तयारीमा गण्डकी प्रदेश सरकार लागिपरेको मन्त्री अधिकारीले बताइन् । मन्त्री अधिकारीले देशमा तेस्रो भेरियन्ट शुरु हुने र बलबच्चाहरुमा केन्द्रित हुने विशेषज्ञहरुले बताएकोले गण्डकी प्रदेश सरकार पूर्व तयारीको रुपमा लागिपरेको बताइन् । ‘तेस्रो भेरियन्ट शुरु हुँदा बालबच्चाहरुमा केन्द्रित भएर आउछ भनिएकोले हामीले पूर्व तयारीको रुपमा लागिपरेका छौं ।’ मन्त्री अधिकारीले भनिन् ‘गण्डकी प्रदेश मातहतका सबै अस्पतालहरुमा बच्चाहरुको लागि कम्तीमा चार ओटा एनआइसियु बेड हुनुपर्छ भनेर काम गरिरहेका छौं ।’ यस्तै सबै अस्पतालमा ५० शय्याको आइसोलेशन रहेकोले त्यसको व्यवस्थापनको गरिने मन्त्री अधिकारीले बताइन् ।  गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेहरुको परिवारलाई ५० हजार रुपैयाँ दिने निर्णय गरिएको मन्त्री अधिकारीले बताइन् । ‘हामीले कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेहरुको परिवारलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेका छौं,’ मन्त्री अधिकारीले भनीन् ‘कोभिडबाट मृत्यु भएका परिवारका आश्रित बालबच्चाहरुलाई मासिक पाँच हजार रुपैयाँ दिने निर्णय पनि गरेका छौं । उक्त रकम उनीहरुको शिक्षा, स्वास्थ्य लगायतमा खर्च गरिनेछ । मन्त्री अधिकारले स्वास्थ्य क्षेत्रमा विकृति र विसंगति रहेको भन्दै त्यसलाई अन्त्य गर्न लागि परेको बताइन् । उनले स्वास्थ्य क्षत्रेमा आम नागरिकले सेवा पाउनुपर्छ पहुँचवाला र हुने खानेहरुको मात्र हुनु हुँदैन भनेर आफूहरुले अनुगमन गर्ने र नियन्त्रण गर्ने काम अगाडी बढाएको छौं । यस्तै सहिद, बेपत्ता, घाइते, अपाङ्गहरुलाई सरकार रहेको अनुभुति गराउनको लागि उनीहरुको निःशुल्क उपचार गराउने गण्डकी प्रदेश सरकारले निर्णय गरेको छ ।

देउवा सरकारका निर्णय ‘महामारी’ केन्द्रित

काठमाडौं । आफ्नो सरकारले कोरोना महामारीलाई प्रमुख प्राथमिकतामा राखेर अघि बढ्न खोजेको सन्देश दिन नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै ‘कोरोना विशेष’ निर्णयहरू गराउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदबहाली गरेसँगै पहिलो मन्त्रिपरिषद् बैठकमा देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गराउनुभयो । मन्त्रिपरिषद्को निर्णयमा आगामी असोज मसान्तभित्र एक तिहाइलाई र आगामी चैत मसान्तभित्र खोप लगाउनयोग्य सबैलाई खोप सुनिश्चित गर्ने उल्लेख छ । पहिलो बैठकले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि यसअघिको सरकारले गरेको खर्च सार्वजनिक गर्ने, महामारीको समयमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मी लगायतलाई पाउनुपर्ने जोखिम भत्ता १ साताभित्र उपलब्ध गराउन शुरू गर्ने समेत निर्णय बैठकले गरेको छ ।   मन्त्रिपरिषद्को बैठकले सरकारका विभिन्न प्राथमिकतासमेत निर्धारण गरेको छ । त्यसमा शान्ति सुव्यवस्था कायम गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार, आर्थिक समृद्धि, कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको शीघ्र पुनरुत्थान गर्ने विषय पनि सरकारको उच्च महत्त्वमा रहेको छ । कोरोना भाइरसको नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी रूपमा अगाडि बढाउन सरकारले विशेष सल्लाहकार नियुक्त गर्ने समेत निर्णय गरेको छ । कोभिड–१९ को रोकथाम नियन्त्रण र उपचारका लागि हालसम्म भएको खर्चको सार्वजनिक गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न १ हप्ताभित्र विशेष प्याकेज ल्याइने मन्त्री कार्कीले बताएका छन् । खोप खरीदका लागि रू. ५ अर्बको सहमति नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले बुधवार पदबहाली गर्दै कोरोनाविरुद्धको खोप खरीदका लागि स्वास्थ्य मन्त्रालयलाई ५ अर्ब रुपैयाँको सहमति दिने पहिलो निर्णय गरे । मन्त्रिपरिषद्बाट भएको सबै नागरिकलाई खोप सुनिश्चित गर्ने पहिलो निर्णयलाई कार्यान्वयनमा लैजान शर्माले पहिलो निर्णय नै खोपका लागि सहमति दिने गरेका हुन् । देउवा सरकारले आगामी असोज मसान्तसम्म एक तिहाइ र चैत मसान्तसम्म खोप लगाउने उमेरसमूहका सबै नागरिकलाई खोप दिने लक्ष्य लिएको छ । खोपको पर्याप्त आपूर्ति हुन नसक्दा नेपालमा खोप अभियान प्रभावित बन्दै आएको छ । अर्थमन्त्री शर्माले कोभिड–१९ नियन्त्रण तथा रोकथामअन्तर्गत दायित्व व्यवस्थापनका लागि स्रोतको सुनश्चिततासम्बन्धी निर्णयसमेत गरेका छन् । यसअन्तर्गत संघीय अस्पतालका लागि ५६ करोड ४१ लाख ५७ हजार र प्रदेश तथा स्थानीय तहले सञ्चालन गरेका अस्पतालका लागि प्रदेश सामाजिक विकास मन्त्रालयमार्पmत ३७ करोड ३४ लाख ९० हजार रुपैयाँ वित्तीय हस्तान्तरण हुनेछ । सरकारी तथा निजी अस्पतालमा एचडीयू, भेन्टिलेटर, आईसीयूलगायत कोरोना नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री खरीदका लागि संघीय तथा निजी अस्पताललाई ९६ करोड १२ लाख ११ हजार रुपैयाँ निकासा र प्रदेश तथा स्थानीय तहमा सञ्चालित अस्पताललाई प्रदेश सामाजिक विकास मन्त्रालयमार्पmत ५२ करोड ४४ लाख ४० हजार रुपैयाँ वित्तीय हस्तान्तरणसम्बन्धी निर्णय भएको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले जानकारी दिए । पदबहालीपछि मन्त्री शर्माले कोरोना रोकथाम तथा नियन्त्रण र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप निःशुल्क गर्ने सरकारको प्राथमिकता रहेको भन्दै त्यसका लागि दत्तचित्त भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए । अर्थमन्त्री शर्माले कोरोनाले थिलोथिलो भएको अर्थतन्त्रलाई पुनरुत्थान गर्नुपर्ने अहिलेको आवश्यकता रहेकाले सरकार निजी क्षेत्रसँगसँगै अगाडि बढ्नुपर्ने बताए । बाढीपहिरो पीडितलाई तुरुन्तै २० लाख रुपैयाँ पठाउने नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले बाढीपहिरोबाट क्षति भएकाहरूलाई राहत दिनका लागि जिल्ला विपत् व्यवस्थापन कोषलाई तुरुन्तै २० लाख रुपैयाँ पठाउने गरी फाइलमा पहिलो हस्ताक्षर गरेका छन् । खाँडले केन्द्रीय विपत् व्यवस्थापन कोषमार्पmत पूर्वी नवलपरासी जिल्लामा उक्त सहयोग पठाउनका लागि हस्ताक्षर गरे । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनको सम्बन्धमा विज्ञहरूसँग छलफल गरेर निर्णय लिने बताए । बुधवार उनले पूववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको कार्यान्वयनलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा वर्तमान सरकारले विज्ञ र प्रशासकहरूसँग सल्लाह गरी निर्णय लिने समेत जानकारी दिए । उनका अनुसार बजेटको अध्ययन गरी संवैधानिक र कानूनी अवस्थालाई ध्यानमा राखेर निर्णय लिने सरकारको सोच छ । बुधवार नै नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि पदबहाली गरे ।

सबै नागरिकलाई खोप उपलब्ध हुन्छ : मन्त्री तामाङ

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने भएकाले त्यस समयसम्म सुुुरक्षित रहन आग्रह गरेका छन् । चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय सामुदायिक भवनमा जडित अक्सिजन प्लान्टको उद्घाटन र अनुगमनपछि मन्त्री तामाङले खोपको सुनिश्चितता नहुन्जेलसम्म सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आग्रह गरे । वाग्मती प्रदेशसभा सदस्य रमा आलेले आगामी दिनमा अस्पताललाई आवश्यक […]

भारतबाट ४ डलरका दरले कोरोना खोप खरिद गर्दै सरकार, जुनसम्म सबै नागरिकलाई खोप

सरकारले आगामी जुन महिनाभित्र सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराइसक्ने लक्ष्य लिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री हृदयेश त्रिपाठीले भारतबाट ४ अमेरिकी डलरको दरले खोप खरिद प्रक्रिया अगाडि बढेको बताए ।मन्त्री त्रिपाठीका अनुसार २० लाख डोज खोप खरिदका लागि सरकारले पैसा ...