सीमा पार गरेर उत्तर काेरिया पुगेका अमेरिकी नागरिक हिरासतमा

उत्तर कोरियाले सीमा पार गरेको भन्दै एक अमेरिकी नागरिकलाई हिरासतमा लिएको छ । उत्तर कोरिया र दक्षिण कोरियाबीच दुई देशलाई छुट्याउने एउटा गैरसैनिक क्षेत्रबाट उनले अनुमतिविना नै सीमा पार गरेका बीबीसीले जनाएको छ । यो क्षेत्र दुई वटा कोरियालाई छुट्याएको विश्वको सबैभन्दा धेरै सुदृढ क्षेत्रमध्येको एक हो । यस क्षेत्रमा बारुदी सुरुङ र करेन्ट प्रवाह गरिएको काँडेतार हुन्छ भने क्यामेरामार्फत पनि निगरानी भइरहेको हुन्छ । संयुक्त राष्ट्र सङ्घले यस घटनाबारे उत्तर कोरियाको सेनासँग छलफल भइरहेको जनाएको छ । गरिबी र अनिकालबाट भागेर उत्तर...